
काठमाण्डु, ५ भदौ – आतंकवादी समूह हक्कानी नेटवर्कको शीर्ष पाँच नेताको जानकारी दिनेलाई अमेरिकाले ३ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ ।
यस आतंकवादी समूहमाथि अफगानिस्तानमा अनेकौं मानिस र नेटो सेनामाथि हमला गरेको आरोप लगाइएको छ ।
अमेरिकी विदेश विभागले पाकिस्तानमा आधारित हक्कानी नेटवर्क तालिवानसँग जोडिएको छ । अमेरिका र संयुक्त राष्ट्र संघले सन् २०१२ मा यस समूहलाई आतंकवादी घोषणा गरेका थिए ।
अजीज हक्कानी, खलील अल रहमान, याहना हक्कानी र अब्दुल रउफ जाकिरका बारेमा जानकारी दिनेलाई ५०/५० लाख लडर पुरस्कार दिने घोषणा गरिएको छ ।
समूहका नेता सिराजुद्धिन हक्कानीको बारेमा सूचना दिनेलाई १ करोड डलर पुरस्कार दिइने अमेरिकाले बताएको छ ।