एटीएमको सिसामा टाउको अड्केपछि……..

काठमाण्डु टुडे २०७१ भदौ १४ गते ११:३१ मा प्रकाशित

काठमाण्डु, १४ भदौ– चीनमा एक पुरुष मदिराले मात्तिएको अवस्थामा एटीएमको शिसाभित्र छिरेपछि प्रहरीले उद्दार गर्नुपरेको छ ।

udhdhar
पूर्वी चीनको झेजियाङस्थित एक एटीएम बुथमा छिरेका व्यक्ति ढोका ठानेर एटीएमको सिसाभित्र पसेका थिए । एटीएमभित्र युवक लडिरहेको देखेपछि बाटो हिंड्नेले प्रहरीमा खबर गरेका थिए । उनको नाम चेङ काओ रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले बाहिर निस्कन पटकपटक निर्देशन दिए पनि ती व्यक्तिले अटेर गरे । प्रहरीले मदिरामा मात्तिएको थाहा पाएपछि उनलाई एटीएमको सिसा फुटाएर बाहिर निकालेको थियो ।

पैसा निकाल्न गएका बेला तीन पटकसम्म गलत पिन थिचेपछि एटीएम कार्ड भित्र छिरेको र तान्न खोज्दा आफू पनि सिसाभित्र पसेको चेङ काओले बताएका छन् । उनले आफ्नो टाउको अड्किएकाले रातभर त्यहीं बसेको बताए । उनले भत्किएको एटीएमको बुथ बनाउन लाग्ने पैसा तिर्नुपर्ने बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us