इजरायलमा नरसंहारको खतरा: राष्ट्रसंघ

काठमाण्डु टुडे २०७१ भदौ ८ गते ३:३२ मा प्रकाशित

काठमाण्डु, ८ भदौ– संयुक्त राष्ट्रसंघले इराकमा नरसंहारको खतरा बढेको भन्दै हस्तक्षेप गर्न अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेको छ ।

राष्ट्रसंघले विद्रोही नियन्त्रित उत्तरी इराकको अर्मेली सहरमा सम्भावित नरसंहारको आशंकामा अन्तर्राष्ट्रिय समुदायलाई कारबाहीमा लागि अपिल गरेको हो ।

राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोले म्लाडेनोफले सम्भावित नरसंहार रोक्न तत्काल सैन्य कारबाही जरुरी रहेको औंल्याएका छन् । उनले सो क्षेत्रका सर्वसाधारणबारे गम्भीर रिपोर्ट प्राप्त भएको उल्लेख गरेका छन् ।
दुई महिनायता विद्रोहीको घेराबन्दीमा रहेको अर्मेलीमा पानी, बिजुली र औषधिको चरम अभाव भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us