सामाजिक सञ्जालमा बाघ र चितुवासँग “नो सेल्फी”

काठमाण्डु टुडे २०७१ भदौ ७ गते १२:३६ मा प्रकाशित

 काठमाण्डु,   ७ भदौ –  अमेरिकाको न्युयोर्कवासी बाघ र चितुवाजस्ता ठूला तथा शक्तिशाली प्राणीसँग ‘सेल्फी’ खिची सामाजिक सञ्जालमा राखेर सान देखाउने अवसरबाट वञ्चित हुँदै छन्। एक विधेयक पारित गरेर प्रान्तीय सरकारले यसमा प्रतिबन्ध लगाएको छ। हाते डिजिटल क्यामेरा वा क्यामेरा फोनबाट स्वयंले खिचेको तस्बिरलाई ‘सेल्फी’ भनिन्छ।

selfiपर्यावरण सम्बन्धी कानुनमा संशोधनका लागि न्युयोर्क एसेम्बलीका सदस्य लिन्डा रोजेन्थालले ‘टाइगर सेल्फी’ नामले प्रस्तुत गरेको विधेयकलाई संसदले स्वीकार गरेको छ। प्रान्तीय गभर्नर एन्ड्रयुको हस्ताक्षरपछि उक्त विधेयक अब कानुन बनिसकेको छ। यसअनुरूप बाघ र चितुवाजस्तो जनावरलाई छुँदा र तस्बिर खिचाउँदा ५ सय डलर जरिवाना हुनेछ। दोस्रो पटक यस्तो गर्दा दोब्बर र त्यसपछि तेब्बर जरिवाना लाग्नेछ। यो नयाँ कानुन अर्को वर्ष फेब्रुअरीमा न्युयोर्कमा लागू हुनेछ।

‘यसले मानवमाथि आक्रमण र वन्यजन्तुको शोषणमाथि रोक लाग्ने छ,’ रोजेन्थालले भनिन्। यसबाट चिडियाघरमा प्रदर्शन गरिएका जंगली जनावरलाई छुने र उससँग तस्बिर खिचाउने सोख माथि प्रतिबन्ध लागेको छ। हालैका वर्षहरूमा इन्टरनेटमा खतरनाक वन्यजन्तुसँगको सेल्फी पोस्ट गर्ने चलन बढेको छ।

न्युयोर्कलगायत अमेरिका भर मेला, सपिङ मल र सहरमा आउने घुम्ती चिडियाखानामा नगद लिएर सर्वसाधारणलाई डरलाग्दा जनावरसँग तस्बिर खिच्न र छुन प्रोत्साहित गरिन्छ। प्रशिक्षकले यसकै लागि वन्यजन्तुको डमरुलाई सानैदेखि मानवका बीचमा राख्नलाई नंग्रा निकालिने हुनाले उनीहरूलाई पीडा हुनुको साथै केहीको मृत्युसमेत हुने गर्छ।

यसबाट जनावरले असजिलो महसुस गर्ने र मानवले आक्रमणको मार झेल्नुपर्ने उक्त कानुनका समर्थकहरू बताउँछन्। यसले सरकारको सुरक्षा प्रबन्धन खर्च पनि बढ्छ। १५ वर्षको अवधिमा न्युयोर्कमा वन्यजन्तुसँग खेलाची गर्दा ७ जना घाइते भएका छन्। वन्यजन्तुको रक्षाका लागि कार्यरत संस्थाले उक्त नयाँ कानुनको स्वागत गरेको छ।

‘यो निकै राम्रो कानुन हो, सबै राज्यले यसलाई अपनाउनुपर्छ, वन्यजन्तुसँग तस्बिर खिचाउने चाहना भएकाले बिरालोलाई रोजे हुन्छ,’ बिग क्याट रेस्कयुसँग जोडिएकी केरल वास्किन भन्छिन्। अन्य खतनरनाक जनावरलाई उक्त कानुनमा नसमेटिएको भन्दै केहीले आलोचना पनि गरेका छन्। अमेरिकाको कानसास, मिसिसिपी र एरिजोना राज्यमा पनि वन्यजन्तुलाई छुने सम्बन्धमा थुप्रै खाले प्रतिबन्ध लगाइसकिएको छ।

बीबीसी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us