चढिरहेको गाडीमै लुटिए साउदी राजकुमार

काठमाण्डु टुडे २०७१ भदौ २ गते १२:२६ मा प्रकाशित

काठमाण्डु– साउदी अरब राजकुमार फ्रान्समा हतियारधारी लुटेराबाट लुटिएका छन् । पेरिसमा राजकुमार सवार गाडी रोकेर २ करोड ५० लाख भन्दा बढि लुटेका हुन् ।

paris1प्रहरीका अनुसार केही महत्वपूर्ण कागजात पनि लुटेका छन् ।

आइतबार राती राजकुमार दुतावासबाट एअरपोर्ट जाँदै थिए । गाडीमा सवार कसैलाई पनि चोट नलागेको प्रहरीले पुष्टि गरेको छ ।

लुटेरा चढेर आएको कार घटनापछि जलेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ । यो घटना सुनियोजित हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

लुटेराको खोजी जारी रहेपनि हालसम्म पत्ता लगाउन सकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us