अर्थ

साउदी अरबमा घरेलु हिंसाविरुद्धको कानुन पारित, ७० हजार नेपाली कामदार लाभान्वित हुने

२०७० भदौ १५ गते १२:३८

दुवई । पर्सियन खाडीको सबैभन्दा पुरातनपन्थी मुलुक साउदी अरबले महिला, बालबालिका र घरेलु कामदार सम्वन्धि कानुन पारित गरेको छ । घरेलु कामदारको सुरक्षा नभएको मुद्दामा अन्तराष्ट्रिय आलोचना खेपिरहेको साउदी अरबले मानव अधिकार संरक्षणमा अभुतपूर्व काम गरेको छ, अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले भनेको छ ।...

सार्क अर्थमन्त्रीको सातौं बैठक नेपालमा

२०७० भदौ १४ गते १०:२४

काठमाण्डु, १४ भदौ– दक्षिण एसियाली क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सार्क अर्थमन्त्रीस्तरीय छैठौं बैठक श्रीलंकाको कोलम्बोमा शुक्रबारबाट शुरु भएको छ । सातौं बैठक भने अर्को बर्ष नेपालमा हुने छ ।...

बझाङबासी भोकै

२०७० भदौ १४ गते ५:५३

बझाङ, १४ भदौ– बझाङ जिल्लाका दुई दर्जन विकट गाउँमा खाद्यान्न अभाव भएको छ । बाडेगाउँ, तुती, दय, बिछाडा, सैनगाउँ, लटोन लगायत २४ गाउँका बासिन्दा खाद्य संकटमा परेका हुन् । खाद्य संस्थानले बिभिन्न समस्या देखाउँदै नियमित चामल आपूर्ति नगर्दा भोकभोकै बस्नुपरेको स्थानीयको गुनासो छ ।...

डलर हालसम्मकै महंगो, सुनको भाउ घट्यो

२०७० भदौ १३ गते ८:३२

काठमाण्डु, १३ भदौ–अमेरिकी डलर बिहीबार हालसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय ८ रुपैयाँ ९० पैसा तोकेको छ । बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर ३ रुपैयाँ ५८ पैसाले महङ्गो भएको हो । बुधबार प्रतिडलर १ सय...

‘विद्युत विकासकोलागि पूर्वाधारमा जोड देउ’

२०७० भदौ १३ गते ५:१६

काठमाण्डु, १३ भदौ– नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्दै आएका अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले प्रसारण लाइनलगायत भौतिक पूर्वाधार निर्माणमा जोड दिएका छन् । काठमाण्डुमा जारी अन्तर्राष्ट्रिय जलविद्युत् लगानी बैठकका सहभागीहरूले जलविद्युत्को विकासका लागि पर्याप्त पूर्वाधार पहिलो शर्त भएको बताए । विद्युत् उत्पादन तथा प्रसारण लाइन निर्माण, नेपाल...

सार्कमा लगानी प्रवाह बढाउने उपायको खोजी

२०७० भदौ १३ गते ३:४२

काठमाण्डु १३ भदौ–दक्षिण एशिया क्षेत्रीय सहयोग संगठन सार्कका अर्थमन्त्री स्तरीय छैठौ बैठक शुक्रवार श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुदैछ । दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी गर्ने,लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने र विश्वले झेलिरहेको वित्तिय...

ट्रेड युनियन काँग्रेस देउवाको कब्जामा

२०७० भदौ १२ गते ११:५८

चितवन, १२ भदौ– नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको पाँचौं राष्ट्रिय महाधिवेशनबाट खिलानाथ दाहाल अध्यक्षमा निर्वाचित भएका छन् । दाहाल काँगेस वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । उनले संस्थापन पक्षका उम्मेद्वार पुस्कर आचार्यलाई ६२ मतले पराजित गरेका हुन् । कुल खसेको मतमा दाहालको पक्षमा...

म्याग्दीका ३ हजार ४ सय घर झिलीमिली

२०७० भदौ १२ गते ९:२५

म्याग्दी, १२ भदौ– नविकरणीय ऊर्जाबाट म्याग्दीका ३४ सय घर झिलीमिली भएका छन् । ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट करिब तीन हजार ४ सय घरपरिवार लाभान्वित भएका हुन् । जिल्लामा नवीकरणीय ऊर्जा प्रवद्र्धनका लागि जिविसमार्फत सञ्चालित ग्रामीण ऊर्जा विकास कार्यक्रमबाट चिमखोला, अर्मन, निस्कोट, रुम, ओखरबोट, देविस्थान,...

सुनको मूल्य एकैदिन ३४ सय बढ्यो

२०७० भदौ १२ गते ९:०१

काठमाण्डु, १२ भदौ– नेपाली बजारमा सुनको मूल्य बुधबार एकै दिन तोलाको ३ हजार ४ सय रुपैयाँ बढेको छ । एकैपटक यतिधेरै मूल्य बढेको यो पहिलोपटक हो । सुनको मूल्य बढेर बुधबार ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ५९ हजार ९...

अर्थमन्त्री कोइराला श्रीलंका प्रस्थान

२०७० भदौ १२ गते ८:३३

काठमाण्डु, १२ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइराला सार्क अर्थमन्त्री स्तरीय छैठौं बैठकमा भाग लिन बुधबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । यसैगरी बैठकले लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम...

डलरको भाउ अहिलेसम्मकै महंगो

२०७० भदौ १२ गते ३:५५

काठमाण्डु, १२ भाद्र– डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि १ अमेरिकी डलरको मूल्य एक सय ५ रुपैयाँ ३१ पैसा तोकेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै महंगो हो । अर्थविदहरुले डलरको मूल्य अझै बढ्न सक्ने अनुमान गरेका...

मदिरामा आन्तरिक राजस्वको आँखा

२०७० भदौ ११ गते १४:४६

काठमाण्डु, ११ भदौ– आन्तरिक राजस्व विभागले मदिरा उत्पादक र वितरण गर्नेलाई विषेश निगरानीमा राख्ने भएको छ । राजस्व र जनस्वास्थ्यमा समेत दूरगामी प्रभाव पार्ने भएकोले विभागले अवैध मदिरा नियन्त्रणको अभियान नै सञ्चालन गर्न लागेको जानकारी दिइएको छ । अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us