बझाङबासी भोकै

काठमाण्डु टुडे २०७० भदौ १४ गते ५:५३ मा प्रकाशित

Bajhangबझाङ, १४ भदौ– बझाङ जिल्लाका दुई दर्जन विकट गाउँमा खाद्यान्न अभाव भएको छ । बाडेगाउँ, तुती, दय, बिछाडा, सैनगाउँ, लटोन लगायत २४ गाउँका बासिन्दा खाद्य संकटमा परेका हुन् । खाद्य संस्थानले बिभिन्न समस्या देखाउँदै नियमित चामल आपूर्ति नगर्दा भोकभोकै बस्नुपरेको स्थानीयको गुनासो छ ।

खेतबारीमा उब्जेको अन्नले तीन महिना पनि खान नपुग्ने विकट गाउँका बासिन्दा बर्षको १० महिना खाद्य संस्थानले दिने चामलमा निर्भर हुन बाध्य छन् । तर, देशमा सशस्त्र द्वन्द्व चलेकोबेला सुरक्षाको कारण देखाउँदै सदरमुकाम केन्द्रित भएका गाउँका डिपो अझै पुनःस्थापना भएका छैनन् ।

शान्तिप्रकृयापछि पनि खाद्य संस्थानले डिपो पुनःस्थापना नगर्दा ग्रामीण भेकका बासिन्दा चामलकालागि घण्टौं पैदल हिँडेर सदरमुकाम धाउन बाध्य छन् । बल्ल बल्ल सदरमुकाम पुग्दा पनि चामल नपाइने उनीहरुको गुनासो छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us