सार्क अर्थमन्त्रीको सातौं बैठक नेपालमा

काठमाण्डु टुडे २०७० भदौ १४ गते १०:२४ मा प्रकाशित

SAARC-LOGOकाठमाण्डु, १४ भदौ– दक्षिण एसियाली क्षेत्रमा लगानी प्रवद्र्धन गर्ने उद्देश्यले सार्क अर्थमन्त्रीस्तरीय छैठौं बैठक श्रीलंकाको कोलम्बोमा शुक्रबारबाट शुरु भएको छ । बैठकमा दक्षिण एसियाली क्षेत्रमा दीर्घकालीन विपत्तिय पुँजी लगानीकालागि प्रवाह बढाउने उपायबारे छलफल हुनेछ ।

यसैगरी विश्वले झेलिरहेको वित्तिय संकटबाट दक्षिण एसियाली राष्ट्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषय पनि छलफलको एजेण्डामा परेको छ । बैठकले लगानी सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने बताइएको छ ।

बैठकमा नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान, मालदिभ्स, अफगानिस्तान र भुटानका अर्थमन्त्रीहरु सहभागी छन् । सार्क अर्थमन्त्रीस्तरीय सातौं बैठक अर्को बर्ष नेपालमा हुने छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us