डलर हालसम्मकै महंगो, सुनको भाउ घट्यो

काठमाण्डु टुडे २०७० भदौ १३ गते ८:३२ मा प्रकाशित

Dollor-Badhyoकाठमाण्डु, १३ भदौ–अमेरिकी डलर बिहीबार हालसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय ८ रुपैयाँ ९० पैसा तोकेको छ ।
बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर ३ रुपैयाँ ५८ पैसाले महङ्गो भएको हो । बुधबार प्रतिडलर १ सय ५ रुपैयाँ ३२ पैसामा कारोबार भएको थियो ।

डलरको भाउ उच्च भएपछि नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । अमेरिकी डलरको तुनलामा भारतीय रुपैयाँ हालसम्मकै कमजोर हुँदा त्यसको प्रत्यक्ष असर नेपाली रुपैयाँमा पनि परेको हो । भारतसँगको स्थिर विनिमयदरका कारण भारतीय रुपैयाँ कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गरेको छ ।

सुनको मूल्य घट्यो

बुधबार उच्चतम विन्दूमा पुगेको सुनको मूल्य बिहीबार भने केही घटेको छ । बुधबारको तुलनामा सुन प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले विहीबार सुनको मूल्य प्रतितोला ६२ हजार २ सय रुपैयाँ तोकेको छ । बुधबार सुनको भाउ ६३ हजार ३ सय रुपैयाँ थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले घटेर १ हजार ८५ रुपैयाँ कायम भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us