अर्थमन्त्री कोइराला श्रीलंका प्रस्थान

काठमाण्डु टुडे २०७० भदौ १२ गते ८:३३ मा प्रकाशित

Shankar Koirala , Kolambo Prasthanकाठमाण्डु, १२ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइराला सार्क अर्थमन्त्री स्तरीय छैठौं बैठकमा भाग लिन बुधबार श्रीलंकाको कोलम्बो प्रस्थान गरेका छन् । बैठकमा दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी हुनेछ । यसैगरी बैठकले लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिनेछ ।

विश्वले झेलिरहेको वित्तिय संकटबाट यसक्षेत्रलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि अर्थमन्त्रीहरुले छलफल गर्ने बताइएको छ । अघिल्लो वर्ष बंगलादेशका ढाकामा सम्पन्न अर्थमन्त्रीहरुको पाँचौ बैठकमा पारित विषयको समीक्षा र आगामी रणनीति तयार गर्नु बैठकको उद्देश्य रहेको छ । यससँगै सार्क विकास कोषको बैठक पनि बस्नेछ । जसले संस्थागत प्रगति समीक्षा र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ ।

अर्थमन्त्रीहरुको बैठक अघि नै सार्क देशका अर्थ सचिवहरुको बैठक बुधबार बस्दैछ । यस बैठकले मन्त्रिस्तरीय बैठकका एजेण्डा तय गर्नेछ । कोलम्बो बसाईका क्रममा अर्थमन्त्री कोइरालाले श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे र सार्क राष्ट्रका समकक्षीहरुसंग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने उनको निजी सचिवालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us