ट्रेड युनियन काँग्रेस देउवाको कब्जामा

काठमाण्डु टुडे २०७० भदौ १२ गते ११:५८ मा प्रकाशित

trade unionचितवन, १२ भदौ– नेपाल ट्रेड युनियन काँग्रेस स्वतन्त्रको पाँचौं राष्ट्रिय महाधिवेशनबाट खिलानाथ दाहाल अध्यक्षमा निर्वाचित भएका छन् ।
दाहाल काँगेस वरिष्ठ नेता शेरबहादुर देउवा निकट मानिन्छन् । उनले संस्थापन पक्षका उम्मेद्वार पुस्कर आचार्यलाई ६२ मतले पराजित गरेका हुन् । कुल खसेको मतमा दाहालको पक्षमा ७ सय ८६ र आचार्यका पक्षमा ७ सय २४ मत परेको थियो । वरिष्ठ उपाध्यक्षमा रामजी कुँवर र उपाध्यक्षहरुमा गणेश निरौला, अयोध्या यादव, बमबहादुर डिसी र महिला उपाध्यक्षमा रमा पौडेल विजयी भएका छन् ।

यस्तै महासचिवमा महेन्द्र यादव, कोषाध्यक्षमा योगेन्द्र कुँवर, उपमहासचिवमा केदार कोइराला, सञ्जिव मिश्र र आशा राठौर तथा सह–कोषाध्यक्षमा जर्नादन निरौला निर्वाचित भएका छन् ।
महाधिवेशनमा कुल १६ सय २ मतदाता रहेकामा १ हजार ५ सय ६१ मत खसेको निर्वाचन समितिले जनाएको छ । ३७ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा १ सय ६१ जना उम्मेद्वार थिए  ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us