सार्कमा लगानी प्रवाह बढाउने उपायको खोजी

काठमाण्डु टुडे २०७० भदौ १३ गते ३:४२ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु १३ भदौ–दक्षिण एशिया क्षेत्रीय सहयोग संगठन सार्कका अर्थमन्त्री स्तरीय छैठौ बैठक शुक्रवार श्रीलंकाको राजधानी कोलम्बोमा शुरु हुदैछ ।
दक्षिण एशिया क्षेत्रमा दीर्घकालिन वित्तिय पूँजी लगानीका लागि प्रवाह बढाउने उपायको खोजी गर्ने,लगानी प्रवद्र्धन र सुरक्षा सम्बन्धी मस्यौदालाई अन्तिम रुप दिने र विश्वले झेलिरहेको वित्तिय संकटबाट यसक्षेत्रलाई सुरक्षित राख्ने उपायका वारेमा बिषयमा अर्थमन्त्रीस्तरिय बैठकमा छलफल हुनेछ । नेपाल सार्कको सक्रिय संस्थापक सदस्य हो ।
कोलम्बो पुगेका अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्कले अब आर्थिक विकासलाई मूल मुद्दा बनाउनुपर्नेमा जोड दिए । सार्कको सान्र्दभिकता झन्झन् बढदै गएको भन्दै मन्त्री कोइरालाले दुई पक्षीय र बहुपक्षीय व्यापारको प्रवद्र्धनमा सार्कले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए । श्रीलंकासंग दुई पक्षीय व्यापारको थप सम्भावना खोजी गर्ने चाहना व्यक्त गर्दै मन्त्री कोइरालाले सार्क सदस्य राष्ट्रबीच रहेको जनस्तरको सम्बन्धलाई आर्थिक विकासमा रुपान्तरण गर्नुपर्ने बताए ।
अर्थमन्त्री कोइरालाले श्रीलंकाका आर्थिक विकास उपमन्त्री मुट सिभालिंगम,श्रीलंकाका लागि नेपाली राजदूत सुशीलचन्द्र अमात्य र श्रीलंकाका कुटनीतिक अधिकारीहरुसँग भेटवार्ता गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us