जाजरकोट, २० भदौ – जाजरकोटमा दर्जनभन्दा बढी गाविसका खाद्य डिपो रित्तो भएपछि जिल्लामा खाद्य सङ्कट भएको छ । जिल्लाका उत्तरपूर्वी क्षेत्रका खगेनकोट, नायकबाडा, रोकायगाउँ, रग्दा, भगवती, सक्ला र पश्चिम क्षेत्रका टालेगाउँ, गर्खाकोट, दह, मजकोट, कोर्ताङ र पजारु लगायतका गाविसमा खाद्यान्न अभाव भएको हो ।...
स्याङ्जा, २० भदौ – देशकै सबैभन्दा ठूलो जलविद्युत् केन्द्र कालीगण्डकी ‘ए’ को बाँध निर्माणका क्रममा बनेको जलाशयमा सञ्चालित ‘स्टीमर’ अर्थात जल यातायात सेवा अवैध रहेको खुलासा भएको छ । स्याङ्जाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतका अनुसार यात्रुको सुरक्षा तथा बिमासम्बन्धी कुनैपनि प्रक्रिया पूरा नगरी...
काठमाण्डु, १९ भदौ–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले सार्कको उद्देश्य प्राप्तिका लागि अर्थमन्त्री स्तरीय बैठक फलदायी भएको दावी गरेका छन् । श्रीलंकाको कोलम्बोमा सम्पन्न सार्क अर्थमन्त्रीहरुको छैठौं बैठकमा भाग लिई बुधबार स्वदेश फर्किएपछि भ्रमणबारे जानकारी दिँदै मन्त्री कोइरालाले दक्षिण एशियाली स्वतन्त्र व्यापार सम्बन्धी सम्झौता (साफ्टा) कार्यान्वयनप्रति नेपालले...
काठमाण्डु, १९ भदौ–सहकारी पत्रकार समाज (सिजेएन) ले आगामी वर्षदेखि सहकारी क्षेत्रमा कलम चलाउने एक सञ्चारकर्मीलाई ‘राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार’ दिने घोषणा गरेको छ । सिजेएनको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाण्डुमा भएको कार्यक्रममा अध्यक्ष यादव हुमागाईंले सहकारी क्षेत्रमा कार्यरत पत्रकारको प्रोत्साहनका लागि सो पुरस्कार दिने...
काठमाण्डु, १९ भदौ– छैटौं क्यान सफ्टेक मेला काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि शुरु भएको छ । कम्युटर एशोसियसन अफ नेपाल (क्यान)ले आयोजना गरेको मेलाको उदघाटन उपराष्ट्रपति परमानन्द झाले गरेका छन् । सफ्टवयर, सोलुसन र सेवाको विकास विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको आयोजकले बताएको छ ।...
काठमाण्डु, १९ भदौ – वित्तिय सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । बजारमा आवश्यकताभन्दा बढी तरलता भएकोले रिपो जारी गर्नुपरेको हो । बजारमा तरलता बढेर वित्तिय असन्तुलन हुन नदिन केन्द्रीय बैंकले रिपो जारी गर्दछ । पछिल्लो...
काठमाण्डु, १७ भदौ–ओम फाईनान्स लिमिटेडले २० प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरि जम्मा २१ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र आउँदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर...
चितवन, १७ भदौ – चितवनका मासु व्यवसायीले सोमबारदेखि खसीबोकाको मासु बिक्री बन्द गरेका छन् । प्रशासनले नियन्त्रणमा लिएका न्यू क्वालिटी मिट सप्लायर्सका सञ्चालक तहिब आलम, मामा मिट सप्लायर्सका साबिर अन्सारी र साहिद मिट सप्लायर्सका शाहिद अन्सारीको रिहाइको माग गर्दै व्यवसायले मासु बिक्री बन्द गरेका...
काठमाण्डु, १७ भदौ – नेपाल–चीन गैरसरकारी सहयोग मन्चको १२ औं बैठक चीनको राजधानि बेइजिङ सोमबारबाट शुरु हुदैछ । नेपाल र चीनले पालैपालो आयोजना गर्ने बैठक यसपटक अखिल चीन उद्योग वाणिज्य महासंघले आयोजना गरेको हो । बैठकमा नेपालको तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज...
काठमाण्डु, १६ भदौ– रामेछापस्थित विमानस्थलको डिपोमा तेल नभएपछि कार्गो उडान बन्द भएको छ । इन्धन अभावले रामेछापबाट सोलुखुम्बुकालागि लागि हुँदै आएको उडान बन्द भएको हो ।...
काठमाण्डु, १६ भदौ –पेट्रोल र डिजेलको मूल्यमा फेरि बृद्धि भएको छ । यसले महंगी अझै बढाउने भएको छ । ईन्धनमा भएको मूल्यबृद्धिसँगै गाडी भाडा, आयात खर्च, ढुवानी खर्च सबै बढ्ने भएपछि दैनिक उपभोग्य वस्तुमा स्वतः प्रभाव पार्दछ ।...
काठमाण्डु १५ भदाै – नक्कली भ्याट विलको काण्ड सेलाउन नपाउँदै सयौं कम्पनी भ्याट छलेको आशंकामा छानविनको दायरामा परेका छन् । आन्तरिक राजस्व विभागले मुलुकभरीका एक हजार पाँच सय ३३ फर्म तथा कम्पनीको छानविन सुरु गरेको छ । भ्याटको बृद्धिदर अपेक्षा गरेभन्दा कम भएको र...