क्यान सफ्टेक आजदेखि शुरु

काठमाण्डु टुडे २०७० भदौ १९ गते ७:२७ मा प्रकाशित

Can-Softech-2013काठमाण्डु, १९ भदौ– छैटौं क्यान सफ्टेक मेला काठमाडौंको भृकुटीमण्डपमा बुधबारदेखि शुरु भएको छ । कम्युटर एशोसियसन अफ नेपाल (क्यान)ले आयोजना गरेको मेलाको उदघाटन उपराष्ट्रपति परमानन्द झाले गरेका छन् ।

सफ्टवयर, सोलुसन र सेवाको विकास विस्तार गर्ने उद्देश्यले मेला आयोजना गरेको आयोजकले बताएको छ । मेलामा शिक्षा, बैंकिङ सुचना र लेखा ब्यवस्थापनका सफ्टवयरका साथै, इन्टरनेट सेवाका १ सय १६ स्टल रहेका छन् । आयोजकका अनुसार स्मार्ट मोबाइल र ल्यापटप सहितका स्टलहरु पनि छन् । दर्शकहरुले मेलाबाट फ्री इन्टरनेट प्याकेजको सुविधा पनि पाउने छन् ।
मेलामा दृष्टिविहीनलाई कम्प्युटर, मोबाइल लगायत उपकरण चलाउन जानकारी दिने उद्देश्यले ‘उज्वल नक्षत्र’ समाजले पनि आफ्नो स्टल राखेको छ ।

यही भदौ २२ गतेसम्म चल्ने मेलामा प्रवेशका लागि सर्वसाधारणलाई ५० र विद्यार्थीका लागि २५ रुपैयाँ टिकटको व्यबस्था गरिएको छ । मेला १ लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us