तेलको मूल्य फेरि बढ्यो

काठमाण्डु टुडे २०७० भदौ १६ गते ७:१३ मा प्रकाशित

Oil-risingकाठमाण्डु, १६ भदौ – भारतमा पछिल्लो तीन महिनामा छैठौंपटक तेलको मूल्य बढेको छ । यसले महंगी अझै बढाउने भएको छ ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको कारण देखाउँदै भारतीय आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँ ३५ पैसा र डिजलको मूल्य ५० पैसा बढाएको हो । यसमा भ्याट भने जोडिएको छैन । ८० प्रतिशत तेल आयात गर्ने भारतले गएको जुन महिनायता लगातार छैठौंपटक मूल्य बृद्धि गरेको स्थानीय सन्चार माध्यमहरुले जनाएका छन् ।

भारतमा भएको मूल्य बृद्धिले नेपालमा प्रत्यक्ष प्रभाव पार्दछ । भारतीय आयल निगमले प्रत्येक महिना नेपाल पठाउने मूल्य सूची अनुसार नेपालले ईन्धनको मूल्य समायोजन गर्दछ । हाल नेपालमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय २५ र डिजेल एक सय रुपैयाँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us