
जाजरकोट, २० भदौ – जाजरकोटमा दर्जनभन्दा बढी गाविसका खाद्य डिपो रित्तो भएपछि जिल्लामा खाद्य सङ्कट भएको छ । जिल्लाका उत्तरपूर्वी क्षेत्रका खगेनकोट, नायकबाडा, रोकायगाउँ, रग्दा, भगवती, सक्ला र पश्चिम क्षेत्रका टालेगाउँ, गर्खाकोट, दह, मजकोट, कोर्ताङ र पजारु लगायतका गाविसमा खाद्यान्न अभाव भएको हो ।
अघिल्लो वर्षको अन्न सकिएको र नयाँ बाली नपाकेकाले खाद्य सङ्कट भएको बताइएको छ ।
जिल्लाका ग्रामीण क्षेत्रका खाद्य डिपोहरु महिनौदेखि रित्तै भएकाले चामल नपाउँदा रित्तै फर्कनुपरेको स्थानीयवासीले बताएका छन् ।