ओमले २१ प्रतिशत लाभांश दिने

काठमाण्डु टुडे २०७० भदौ १७ गते १०:५२ मा प्रकाशित

OM-Finance-Logoकाठमाण्डु, १७ भदौ–ओम फाईनान्स लिमिटेडले २० प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरि जम्मा २१ प्रतिशत लाभांश बितरण गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्विकृती र आउँदो साधारण सभाले पारित गरेपछि बितरण हुनेछ । बोनश शेयर पछि कम्पनीको चुक्ता पुँजी ३२ करोड ५७ लाख १० हजार हुनेछ ।

फाईनान्सले हालसालै मोवाईल बैंकिङ सेवा सञ्चालनमा ल्याएको थियो भने आउँदो असोज १ गते १३ बर्ष पूरा गरि १४ बर्षमा प्रवेश गर्न लागेको छ । १४ औं बर्षमा प्रवेश गर्न लागेको अवसरमा कम्पनीले प्रधान कार्यालयमा रक्तदानलगायत बिभिन्न ठाउँहरुमा सामाजिक कार्य गर्न लागेको महाप्रवन्धक बुद्धि मल्लले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us