
काठमाण्डु, १९ भदौ – वित्तिय सन्तुलन कायम राख्न नेपाल राष्ट्र बैंकले बुधबार ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । बजारमा आवश्यकताभन्दा बढी तरलता भएकोले रिपो जारी गर्नुपरेको हो ।
बजारमा तरलता बढेर वित्तिय असन्तुलन हुन नदिन केन्द्रीय बैंकले रिपो जारी गर्दछ । पछिल्लो समय बैंक तथा वित्तिय संस्थामा ६० अर्ब तरलता देखिएको छ । गत आर्थिक बर्षको पछिल्लो दुई महिनायता बैंकिङ प्रणालीमा तरलता बढ्दै गएको छ । तरलता बढेपछि बैंक तथा वित्तिय संस्थाहरुले साधारण बचत र मुद्दती निक्षेपमा समेत ब्याजदर घटाइसकेका छन् ।
मूल्य बृद्धि नियन्त्रण र निक्षेपमा ब्याजदर घट्न नदिन रिपो जारी गर्न लागिएको राष्ट्र बैंकका प्रवक्ता भाष्कर मणि ज्ञवालीले बताए । रिपो जारी भएपछि बैंक तथा वित्तिय संस्थाहरुले ट्रेजरी बिल खरिद गर्नेछन् ।