
चितवन, १७ भदौ – चितवनका मासु व्यवसायीले सोमबारदेखि खसीबोकाको मासु बिक्री बन्द गरेका छन् ।
प्रशासनले नियन्त्रणमा लिएका न्यू क्वालिटी मिट सप्लायर्सका सञ्चालक तहिब आलम, मामा मिट सप्लायर्सका साबिर अन्सारी र साहिद मिट सप्लायर्सका शाहिद अन्सारीको रिहाइको माग गर्दै व्यवसायले मासु बिक्री बन्द गरेका हुन् ।
चर्काे मूल्यमा मासु बेचेको आरोपमा उनीहरुलाई पक्रेको थियो । बर्डफ्लुको सन्त्रासको मौका पारेर चर्को मूल्यवृद्धि गरेको आरोप उनीहरुमाथि छ ।