सर्बसाधारणबाट पैसा उठाएर ३७ वटा कम्पनी फरार भएका छन् । कम्पनीको चुक्ता पुँजी बढाउन सर्वसाधारणमा सेयर जारी गरेका ३७ वटा कम्पनी फरार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । लामो समयदेखि कारोबार हुन छाडेपछि नेप्सेले यि कम्पनीको सुचीकरण पनि खारेज गरिदिएको छ...
भारत सरकारले ग्रामीण क्षेत्र र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई मोबाईल र ट्याबलेट वितरण गर्न एकसय अर्ब भारतीय रुपैया अनुदान दिने भएको छ । सरकारको योजना अनुसार, दुई करोड ५० लाख किसानलाई मोबाईल फोन र कक्षा ११ र १२ मा अध्ययनरत ९० लाख किशोरकिशोरीलाई ट्याबलेट...
काठमाण्डु २२ भदौ–कोरियाको प्रतिष्ठित इयान टेक कम्पनी लिमिटेडले नेपालमा घामबाट तत्काल १० देखि ४२ मेगावाट बिजुली उत्पादन गर्ने इच्छा देखाएको छ ।इयान टेक कम्पनीका अध्यक्ष खाङ थे सङ र नेपालको दुधकोशी पावर कम्पनीका कार्यकारी निर्देशक रामबहादुर लामाबीच घामबाट बिजुली उत्पादन गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको...
काठमाण्डु, २२ भदौ– नेपाल राष्ट्र बैंकले दसैलाई लक्षित गरी ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा ल्याउने तयारी गरेको छ । पाँच रुपैयाँदेखि एक हजारसम्मका नोट बजार ल्याउने तयारी भैरहेको राष्ट्र बैंकले जनाएको छ । यस वर्ष बजारमा पठाउने नयाँ नोटमध्ये सय, ५० र...
सुर्खेत, २२ भदौ–संयुक्त बजार अनुगमन समिति सुर्खेतले वीरेन्द्रनगर र आसपासका क्षेत्रमा अनुगमनलाई कडाइ गरे पनि कारबाही भने फितलो देखिएको छ । समितिले बजारमा छापा मार्ने र सामान्य चेतावनी मात्रै दिएर छाडिदिने गरेको सरोकारवालाको गुनासो छ । समितिले सामान बरामद गर्नुलाई नै कारबाहीको रुपमा लिएको...
काठमाण्डु, २१ भदौ– शुक्रबार प्रतिडलर १०५ रुपैयाँबाट तल ओर्लिएको छ । भारतमा रघुराम राजनले गभर्नरको जिम्मा लिएपछि भारु बलियो बन्न थालेलगत्तै नेपाली रुपैयाँको अवस्था सुधार आएको हो । त्यसको असर शुक्रबार नेपाली बजारमा पनि देखियो । यही साता झण्डै १ सय १० रुपैयाँसम्म कारोबार...
काठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले सुविसु क्यान सफ्टटेक २०१३ मा निशुल्क इन्टरनेट प्याक योजना ल्याएको छ । फ्रि इन्टरनेट प्याक योजना अन्तर्गत सुविसु करबाहेक एक हजार रुपैयाँमा २५६ केविपिएस क्षमताको ब्रोडव्याण्ड इन्टरनेटका साथै केवल...
काठमाण्डु, २१ भदौ– सरकारले रोजगारी बढ्ने खालका विकास परियोजनाहरुमा लगानी बढाउन विश्व बैंकलाई आग्रह गरेको छ । विश्व बैंकका नेपालस्थित राष्ट्रिय निर्देशक जोन जुटसँग शुक्रबार भएको भेटमा अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक सुधार र विकासका काममा बैंकको साझेदारी आवश्यक भएको बताए । सरकारले प्राथमिकतामा राखेका...
काठमाण्डु, २१ भदौ– अर्थमन्त्री शंकरप्रसाद कोइरालाले दुई दिनको काम एक दिन र एक दिनको काम ६ घण्टामा झार्न सके मात्र निजामती सेवा दिवस मनाएको सार्थक हुने बताएका छन् । निजामती सेवा दिवस २०७० का अवसरमा अर्थ मन्त्रालयले शुक्रबार गरेको कार्यक्रममा उनले आफ्नो विगत सम्झिएर...
वीरगन्ज, २० भदौ– आर्थिक क्रान्तिको मार्गचित्रः भिजन २०८० नाराका साथ सुरु भएको लिडरसिप समिटमा नेपालका सात पूर्वप्रधानमन्त्रीहरूले १२ बुदे आर्थिक एजेन्डामा हस्ताक्षर गरेका छन् । पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराई, शेरबहादुर देउवा, झलनाथ खनाल र माधवकुमार नेपालले आर्थिक एजेन्डामा हस्ताक्षर गरेका हुन् ।...
काठमाण्डु, २० भदौ– ९ रुपैयाँ प्रतिकीलोमा पाइएको छ प्याज । त्यो पनि घरमै आइपुग्छ । यो कुनै मजाक होइन । यति सस्तोमा प्याज कसरी पाइन्छ त ? नेपाली बजारमा एक महिना अघि प्याजकोमूल्य एकाएक उकालो लागेपछि धेरैले किन्न छाडेका थिए । आजभोली केही घटे...
बाँके, २० भदौ–बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको जडीबुटी मेला आयोजना हुने भएको छ । नेपाल जडीबुटी व्यवसायी संघ केन्द्रीय कार्यालय नेपालगन्जको आयोजनामा यसै वर्ष जडीबुटी मेला आयोजना हुन लागेको हो । संघको १५औं साधारणसभाले जडीबुटी मेला आयोजना गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले...