भारतले अनुदानलाई छुट्टायो एक खर्ब

काठमाण्डु टुडे २०७० भदौ २२ गते १७:१५ मा प्रकाशित

भारत सरकारले ग्रामीण क्षेत्र र उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई मोबाईल र ट्याबलेट वितरण गर्न एकसय अर्ब भारतीय रुपैया अनुदान दिने भएको छ । सरकारको योजना अनुसार,  दुई करोड ५० लाख किसानलाई मोबाईल फोन र कक्षा ११ र १२ मा अध्ययनरत ९० लाख किशोरकिशोरीलाई ट्याबलेट अनुदानमा दिनेछ ।
काग्रेसको नेतृत्वको सरकारले एउटा मोबाईल तीनसयमा किसानलाई दिने र त्यसमा प्रत्येक महिना ३० रुपैया बराबरको टकभ्यलु दुई वर्षका लागि रहने छ । यसबाट किसानले ३० मिनेट कुरा गर्न, ३० वटा एसएमएस पठाउन र ३० मेगावाई६ डाटा सेवा पाउने छन् । यसैगरी विद्यार्थीलाई निःशुल्क दिइने ट्याबलेटमा ७५ मिनेट टक टाइम, ७५ एसएमएस र ५०० एमवि डाटा सुविधा प्रत्येक महिना पाउने छन् । त्यो लिमिटभन्दा बढी प्रयोग गर्ने विद्यार्थी स्वयंले थप रकम भुक्तानी गर्नु पर्नेछ ।
यि दुवै योजनालाई युनिर्भसल सर्भिस अब्लिगेसन फण्डले सहयोग गरेको छ । यो कोषमा हाल २८ हजार करोड भारतीय रुपैया छ । टोलीफोन सेवा प्रदायकले यसमा प्रत्येक वर्ष ६५ सय करोड योगदान गर्दै आएका छन् । सरकारको योजना अनुसार, पहिलो वर्ष २५ लाख, दोस्रो वर्ष ५० लाख, तेस्रो वर्ष ७५ लाख र बाकी मोबाईल चौथो वर्ष वितरण गरिनेछ । ट्याबलेटका हकमा पहिलो वर्ष १५ लाख विद्यार्थीलाई बितरण गरिने छ । बिजमाण्डु डटकम 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us