प्याज अब ९ रुपैयाँ प्रतिकीलोमा

काठमाण्डु टुडे २०७० भदौ २० गते ११:०५ मा प्रकाशित

Pyajकाठमाण्डु, २० भदौ– ९ रुपैयाँ प्रतिकीलोमा पाइएको छ प्याज । त्यो पनि घरमै आइपुग्छ । यो कुनै मजाक होइन । यति सस्तोमा प्याज कसरी पाइन्छ त ?

नेपाली बजारमा एक महिना अघि प्याजकोमूल्य एकाएक उकालो लागेपछि धेरैले किन्न छाडेका थिए । आजभोली केही घटे पनि सर्वसाधारणको लागि क्रयशक्ति भन्दा अझै पनि टाढै छ । भारतबाट आयात हुने प्याज उतै महंगो भएकोले नेपाली बजारमा पनि मूल्य आकाशिएको व्यापारीहरुले बताउने गरेका थिए ।

तर, भारतमा आजभोली प्रतिकीलो ९ रुपैयाँमा प्याज पाइन्छ भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर यो वास्तविकता हो । भारतीय एक वेबसाइटले केवल ९ रुपैयाँ प्रतिकिलोमा प्याज विक्री गर्दै आएको छ । प्याज किन्न बजारसम्म पुग्नै पर्दैन । उसैले घरसम्म पुर्याइदिन्छ ।

ग्रुप अन इन्डिया नामक शपिङ वेबसाइटले यस्तो सुविधा उपलब्ध गराएको हो । तर, उसको एउटा शर्त छ, त्यो हो एक घरले केबल एककिलो प्याज मात्र किन्न पाउने छ । अबको दश दिनपछि अर्डर लिन शुरु गर्ने सो वेबसाइटले जनाएको छ । दिल्लीका प्याज होलसेल ब्यापारीसँग सहकार्य गरेर उसले एउटा परिवारलाई केबल ९ रुपैयाँमा मात्रै उपलब्ध गराउन थालेको हो । उसले भारतका ७८ सहरमा प्रतिकीलो ९ रुपैयाँमा प्याज बेच्न शुरु गर्ने जनाएको छ ।

–भारतीय टेलिभिजन आजतकको सहयोगमा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us