सर्बसाधारणको पैसा उठाएर ३७ कम्पनी भागे

काठमाण्डु टुडे २०७० भदौ २४ गते १६:३९ मा प्रकाशित

सर्बसाधारणबाट पैसा उठाएर ३७ वटा कम्पनी फरार भएका छन् । कम्पनीको चुक्ता पुँजी बढाउन सर्वसाधारणमा सेयर जारी गरेका ३७ वटा कम्पनी फरार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । लामो समयदेखि कारोबार हुन छाडेपछि नेप्सेले यि कम्पनीको सुचीकरण पनि खारेज गरिदिएको छ ।

सर्वसाधारणबाट पैसा उठाएर भागेका कम्पनीहरु
नेपाल ब्याट्री कम्पनी वालाजु यन्त्रशाला (इलेक्ट्रो)
नेपाल प्लाइउड एन्ड बबिन वालाजु यन्त्रशाला स्यानिटरी
दि जुद्ध म्याज फ्याक्ट्री दि जुद्ध म्याज फ्याक्ट्री (वीरगञ्ज)
हिमाल सिमेन्ट काँचो छाला संस्था
नेपाल मेड लि एग्रो नेपाल
सयपत्री कलर ल्याव गण्डकी व्रिक फ्याक्ट्री
एस ल्यावरोटोरिज नेपाल नेपाल टे्रडिङ टेम्पल
वाँसवारी लेदर ह्वाइट एभरेष्ट व्यापार कम्पनी
नेकोन एयर नेपाल टे्रडिङ टेम्पल
नेपाल युनाइटेड लि ग्रिनहिल टे्रडिङ कम्पनी
प्लास्टिक टे्रडिङ कम्पनी काष्ठमण्डप  टे्रडिङ कम्पनी
नेपाल व्यापार विकास कम्पनी हिमालयन टे्रडिङ कम्पनी
काठमाडौं पाउरोटी उद्योग रामजानकी टे्रडिङ कम्पनी
पोखरा पाउरोटी उद्योग नेपाल ऊल इम्पोर्ट एन्ड सं. कम्पनी
हेटौडा छाला उद्योग इन्ट्रेड नेपाल
इन्द्रेणी सोयाविन उद्योग नेपाल प्रोग्रेसिभ टे्रडिङ कम्पनी
नेपाल जुगल ऊल पब्लिक लि लुम्बिनी टे्रडिङ कम्पनी
एभरेष्ट उल लि नेपाल युनिक टे्रडिङ कम्पनी
नेपाल मेटल कम्पनी

भगौडा कम्पनीमा सर्वसाधारणको ९६ करोड रुपैयाँ डुवेको छ । सर्वसाधारणबाट पैसा उठाएर भागेका कम्पनीहरु कुन अवस्थामा छन्, सञ्चालकहरु के गर्दैछन् न नियमनकारी निकाय नेपाल धितोपत्र वोर्डलाई थाहा छ न नेप्सेलाई नै ।
केही बर्षअघि धितोपत्र बोर्डले हराएका कम्पनीको खोजिनीति गरेर सर्वसाधारणको पैसा उठाउन अध्ययन गरेपनि त्यो काम अगाडि वढाउन सकेन । वोर्डले ३७ कम्पनीले सर्वसाधारणको पैसा डुबाएर भागे भन्ने तथ्यांक मात्र संकलन गर्यो, बाँकी कारवाही अगाडि बढाउन सकेन ।
भगौडा कम्पनीका सञ्चालकहरु पहँुचवाला उपल्लो तहका व्यक्ति तथा संस्था भएकाले कारवाही अगाडि वढाउन नसकिएको हो । भगौडा कम्पनीको सूचीमा सरकारकै प्रत्यक्ष–अप्रत्यक्ष संलग्नता, ठूला व्यापारी र कतिपय संस्थापकको मृत्यु भइसकेको तथा नेपाल बाहिर भएका कारण पनि कारबाही हुन नसकेको हो ।बिजमाण्डु डटकम 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us