सुविसुको अफर-हजार रुपैयाँमा इन्टरनेट र केवल

काठमाण्डु टुडे २०७० भदौ २१ गते १०:१५ मा प्रकाशित

subisuकाठमाडौं । नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेटले सुविसु क्यान सफ्टटेक २०१३ मा निशुल्क इन्टरनेट प्याक योजना ल्याएको छ । फ्रि इन्टरनेट प्याक योजना अन्तर्गत सुविसु करबाहेक एक हजार रुपैयाँमा २५६ केविपिएस क्षमताको ब्रोडव्याण्ड इन्टरनेटका साथै केवल टिभि च्यानल प्राप्त गर्न सकिने छ ।

यो योजनामा एक वर्षको रकम अग्रिम भुक्तानी गरे तीन महिनाको थप सेवा, तीन हजार रुपैयाँ बराबरको केवल मोडेम र पेन ड्राइभ पनि निःशुल्क रुपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ । अर्ध बार्षिक भुक्तानीमा एक महिना थप  सेवाका साथै तीन हजार रुपैयाँको केबल मोडेममा ग्राहकले १० प्रतिशत छुट र एउटा पेन ड्राइभ निःशुल्क पाउने छन् ।  साथै सुविसु क्यान सफ्टटेक २०१३ का तीन भाग्यशाली ग्राहकले हुवेइको एन्ड्रोइड स्मार्ट फोन जित्ने मौका पाउने कम्पनीले जानकारी दिएको छ ।

यो योजना काठमाडौं उपत्यका भित्र भदौ १९ देखि भदौ २२ गतेसम्म सञ्चालन हुने सुविसु क्यान सफ्टटेकमा साथै घरायसी प्रयोजनको अनलिमिटेड प्याकेजमा उपलब्ध हुनेछ । सुविसुले क्यान सफ्टेक २०१३ मार्फत् नेपालमा पहिलोपटक म्यानेज्ड भिडियो प्रेजेन्स सेवाको समेत शुरुवात गर्न लागेको कम्पनीले जानकारी दिएको छ । विजमान्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us