नेपाली मुद्रा बलियो बन्न थाल्यो

काठमाण्डु टुडे २०७० भदौ २१ गते १४:२४ मा प्रकाशित

काठमाण्डु, २१ भदौ– शुक्रबार प्रतिडलर १०५ रुपैयाँबाट तल ओर्लिएको छ ।
dollorभारतमा रघुराम राजनले गभर्नरको जिम्मा लिएपछि भारु बलियो बन्न थालेलगत्तै नेपाली रुपैयाँको अवस्था सुधार आएको हो । त्यसको असर शुक्रबार नेपाली बजारमा पनि देखियो । यही साता झण्डै १ सय १० रुपैयाँसम्म कारोबार भएको डलर शुक्रबार १ सय ४ रुपैयाँ ६० पैसासम्म कारोबार भयो ।

बिहीबार पनि डलर कमजोर बनेको थियो, शुक्रबार डलर थप ७० पैसाले कमजोर बनेपछि भारु ६५ रुपैयाँ ३० पैसासम्म ओलिर्यो । शनिबारका लागि केन्द्रीय बैंकले रिङ्खरेन्स रेट पनि १ सय ४ रुपैयाँ ८० पैसा तोकेको छ ।
बिजमाण्डु डटकमबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us