बाँकेमा अन्तर्राष्ट्रिय जडीबुटी मेला

काठमाण्डु टुडे २०७० भदौ २० गते ४:५१ मा प्रकाशित

Jadibutiबाँके, २० भदौ–बाँकेको नेपालगन्जमा अन्तर्राष्ट्रियस्तरको जडीबुटी मेला आयोजना हुने भएको छ । नेपाल जडीबुटी व्यवसायी संघ केन्द्रीय कार्यालय नेपालगन्जको आयोजनामा यसै वर्ष जडीबुटी मेला आयोजना हुन लागेको हो ।

संघको १५औं साधारणसभाले जडीबुटी मेला आयोजना गर्ने निर्णय गरेको संघका केन्द्रीय अध्यक्ष मोहम्मद याकुव अन्सारीले जानकारी दिए । मेलाको मिति अझै नतोकिएको र फेरि बैठक बसेर मिति तोक्ने उनले बताए ।

नेपाली जडीबुटीको राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि मेला आयोजना गर्न लागिएको मेलामा नेपालबाहेक भारत, पाकिस्तान र बंगलादेशलगायत देशका समेत विक्री कक्ष रहने संघले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us