दृष्टिविहीन मैत्री नयाँ नोट बजारमा

काठमाण्डु टुडे २०७० भदौ २२ गते ८:१२ मा प्रकाशित

new-Noteकाठमाण्डु, २२ भदौ– नेपाल राष्ट्र बैंकले दसैलाई लक्षित गरी ३५ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा ल्याउने तयारी गरेको छ । पाँच रुपैयाँदेखि एक हजारसम्मका नोट बजार ल्याउने तयारी भैरहेको राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष बजारमा पठाउने नयाँ नोटमध्ये सय, ५० र २० का नोटको डिजाइन नै परिवर्तन गरिएको राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवालीले जानकारी दिए । उनका अनुसार डिजाइन परिवर्तन गरिएका नोट दृष्टिविहीन मैत्री बनाईएको छ । बजारमा आउने नयाँ नोट दृष्टिविहीनले छामेर चिन्न सक्ने विशेषताका हुनेछन् ।

राष्ट्र बैंकले नयाँ नोट प्रशस्त रहेकोले नयाँ नोट सटहीमा गुनासो आउन नदिने दावी समेत गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us