
काठमाण्डु, १२ भदौ– नेपाली बजारमा सुनको मूल्य बुधबार एकै दिन तोलाको ३ हजार ४ सय रुपैयाँ बढेको छ । एकैपटक यतिधेरै मूल्य बढेको यो पहिलोपटक हो ।
सुनको मूल्य बढेर बुधबार ६३ हजार ३ सय रुपैयाँ पुगेको छ । मंगलबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै चाँदिको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेको छ । मंगलबार १ हजार ५० रुपैयाँ रहेको चाँदि बुधबार तोलामा १ हजार १ सय १५ रुपैयाँ कायम भएको नेपाल सुन चाँदि व्यवसायी महासंघले जनाएको छ ।