
काठमाण्डु, १२ भाद्र– डलरको भाउ अहिलेसम्मकै महंगो भएको छ । नेपाल राष्ट्र बैंकले बुधबारको लागि १ अमेरिकी डलरको मूल्य एक सय ५ रुपैयाँ ३१ पैसा तोकेको छ । यो मूल्य नेपाली बजारमा अहिलेसम्मकै महंगो हो ।
अर्थविदहरुले डलरको मूल्य अझै बढ्न सक्ने अनुमान गरेका छन् । अन्तराष्ट्रिय बजारमा भारतीय मुद्रा कमजोर हुदै गएको बेलामा नेपालमा डलरको भाउ उच्च बन्दै गएको छ । यसबाट सबैजसो बस्तुमा मूल्यबृद्धि हुने र नेपालीहरु समस्यामा पर्ने विज्ञहरुले बताएका छन् ।