वीरगन्ज, ६ मंसिर– सीमावर्ती भारतीय बजारसँग प्रतिस्पर्धा गर्न स्थानीय व्यापारीले मासिक करोडौँ रुपैया मूल्य बराबरको कपडा अवैधरुपमा भित्रिने गरेका छन् । सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुल्क र मूल्य अभिवृद्धि कर लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न यहाँ कपडाको चोरी पैठारी...
गौशाला, ६ मंसिर–महोत्तरी जिल्लामा साँझ ५ बजेबाट सुरु भएको संविधानसभा निर्वाचनको मतगणनाको परिणाम सुन्न सदरमुकाम जलेश्वरमा रेडियो किन्नेहरुको घुइँचो लागेको छ । जलेश्वरको साह क्यासेट हाउस, रेडियो हस्पिटल, शिव इलेक्ट्रोनिक्स, दुर्गा रेडियो मर्मत सेन्टर, प्रमोद रेडियो हाउस लगायतका पसलहरुमा जिल्लाका विभिन्न ६ वटै निर्वाचन...
बेइजिङ, ४ मंसिर । चीनमा वैदेशिक लगानी बढेको समाचार छ । विगतका वर्षहरुको तुलनामा यसवर्ष त्यहाँ वैदेशिक लगानीमा वृद्धि भएको बताइएको छ । चीनमा सन् २०१३ को पहिलो १० महिनामा वैदेशिक लगानीमा ५.७७ प्रतिशतले बढेको पाइएको छ । सो लगानी सन् २०१३ को जनवरीदेखि...
कञ्चनपुर, ४ मंसिर– विपन्न परिवारका अधिकांश बालबालिकामा पोषणयुक्त खानेकुराको कमीका कारण कुपोषणको समस्या देखापर्न थालेको छ । कुपोषित हुने अधिकांश बालबालिका ग्रामीण क्षेत्रका दलित र विपन्न समुदायका बढी रहेका छन् । स्तनपान गराउने आमा र बालबालिकालाई पर्याप्त मात्रामा हरियो तरकारी, माछा मासु, दूध र...
कञ्चनपुर- कञ्चनपुरको लक्ष्मीपुर–८ का सोवान रानाले माछा तथा भुरा उत्पादन फार्म सञ्चालनमा ल्याएका छन् । रु तीन लाखको लागतमा उनले माछाका भुरा उत्पादन गर्ने ह्याचरी फार्म सञ्चालनमा ल्याएका हुन् । तीन महिनाअघि महेश फिस फार्म स्थापना गरी माछाका भुरा उत्पादन गर्दै आउनुभएका रानाले वार्षिक...
दमक– जाडोयाम सुरु भइसक्यो । न्यानो कपडासँगै सिरक–डसनाको व्यापार बढेको छ । बजारमा न्यानो कपडा किन्ने उपभोक्ताको चहलपहल बढेको छ । व्यापारीले गर्मीका लुगाफाटा कतिले थन्काएका छन् भने जाडोका कपडा सजावट गरिसकेका छन् । दमक बजारका शिवम् इन्टरप्राइजेजका व्यापारी शिव श्रेष्ठका अनुसार विभिन्न खाले...
बर्दिवास, ३ मंसिर–लगातार एक सातादेखिको यातायात बन्दले महोत्तरी जिल्लामा उत्पादित लाखौं मूल्यको तरकारी नोक्सान भएको छ । खेतबारीको तरकारी टिपेर बजार पुर्याउने चाँजो यातायात बन्दले नमिलेपछि बोटमै बुढिने र कुहिने क्रम बढेको किसानले बताएका हुन् । गत कात्तिक २५ गतेदेखि नेकपा–माओवादीसहितको मोर्चाले गरेको बन्द...
कञ्चनपुुर, २ मंसिर– एक निजी डेरीले आधुनिक दुग्ध प्रशोधन केन्द्र निर्माणका लागि रु ३९ लाख ६८ हजार २५० अनुदान पाएको छ । भीमदत्तनगरपालिका–४ मा रहेको पाठक डेरी इन्डस्ट्रिजले व्यावसायिक कृषि तथा व्यापार योजनाबाट सो अनुदान पाएको डेरी सञ्चालक प्रेमप्रकाश पाठकले जानकारी दिनुभयो । उनले...
झापा, २ मंसिर- दुई दिनसम्ममा व्यापक रूपमा कालोबजारी गरी महँगोमा बिक्री भइरहेको आयो नुन पुनः साविककै मूल्य प्रतिप्याकेट रु १५ मा बिक्री हुन थालेको छ । भारतीय सञ्चारमाध्यमले बिहीबार र बङ्गालमा प्रतिकिलो भारतीय मुद्रा रु १५० मा बिक्री भइरहेको समाचार सम्प्रेषण गरेपछि त्यसको प्रभाव...
काठमाण्डु, २ मंसिर–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफै उपस्थित भई मतदाता परिचयपत्र लिएका छन् । काठमाण्डु महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतली मतदानकेन्द्रबाट मन्त्री कोइरालाले परिवारका सबै सदस्यको परिचयपत्र लिएका हुन् । निर्वाचन आयोगका कर्मचारीले मन्त्री कोइरालालाई परिचयपत्र उपलब्ध गराएका थिए । सो अवसरमा मन्त्री कोइरालाले...
काठमाण्डु, २ मंसिर– सरकारले चुनावलाई केन्द्रित गरी लोडसेडिङ कम गर्ने भएको छ । सोमबार र मंगलबार दुई दिन लोडसेडिङलाई बढिमा एक घण्टामा सीमित गर्ने तयारी भैरहेको छ । जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयहरुमा भने लोडसेडिङ हुँदै नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।...
मंगलबारे, २ मंसिर–इलाम जिल्लाका १५ हजार निरक्षरलाई साक्षर बनाउन सरकारले यस वर्ष एक करोड रुपैयाँ विनियोजन गरेको छ । सन् २०१५ सम्ममा नेपालबाट निरक्षरता उन्मूलन गरी सबैलाई साक्षर बनाउने राष्ट्रिय लक्ष्य बमोजिम चालु आर्थिक बर्षमा एक करोड विनियोजन गरिएको जिल्ला शिक्षा कार्यालय इलामले जनाएको...