माछाका भुरा पाल्दै रोजगारी

काठमाण्डु टुडे २०७० मंसिर ३ गते १२:१३ मा प्रकाशित

fishकञ्चनपुर-  कञ्चनपुरको लक्ष्मीपुर–८ का सोवान रानाले माछा तथा भुरा उत्पादन फार्म सञ्चालनमा ल्याएका छन् । रु तीन लाखको लागतमा उनले माछाका भुरा उत्पादन गर्ने ह्याचरी फार्म सञ्चालनमा ल्याएका हुन् ।

तीन महिनाअघि महेश फिस फार्म स्थापना गरी माछाका भुरा उत्पादन गर्दै आउनुभएका रानाले वार्षिक रुपमा १० लाख माछाका भुरा बिक्री गरी २५ लाखभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएका छन् । सिल्भर, कार्प, विगेट, ग्रास, रहुलगायत जातका माछाका भुरा उत्पादन भइरहेको उनले बताए । फार्ममा पोखरी व्यवस्थापन गर्ने चारोको व्यवस्था गर्ने गरी पाँचजनालाई रोजगारी दिएको उनले बताए ।

यहाँ माछाको व्यावसायिक उत्पादन गर्ने काम मात्रै व्यवसायी भएकाले माछापालनलाई बढावा दिई स्थानीय माछाको खपत बढाउनका लागि फार्म सञ्चालनमा ल्याइएको उनले जनाए । यसअघि कैलालीको गेटा र कञ्चनपुरको पिपलाडीमा रहेको पल्टु ह्याचरीले मात्रै माछाका भुरा उत्पादन गरी उपलब्ध गराउँदै आएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us