
काठमाण्डु, २ मंसिर–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आफै उपस्थित भई मतदाता परिचयपत्र लिएका छन् । काठमाण्डु महानगरपालिका वडा नम्बर ९ स्थित बत्तीसपुतली मतदानकेन्द्रबाट मन्त्री कोइरालाले परिवारका सबै सदस्यको परिचयपत्र लिएका हुन् । निर्वाचन आयोगका कर्मचारीले मन्त्री कोइरालालाई परिचयपत्र उपलब्ध गराएका थिए ।
सो अवसरमा मन्त्री कोइरालाले आफ्नो भाग्य निर्धारण गर्ने संविधानसभाको चुनावमा सहभागी हुन आम मतदातालाई आह्वान गरे । स्थायी घर भोजपुर भएका मन्त्री कोइराला काठमाण्डु निर्वाचन क्षेत्र नम्बर २ का मतदाता हुन् ।