चीनमा वैदेशिक लगानीमा वृद्धि

काठमाण्डु टुडे २०७० मंसिर ४ गते १४:४६ मा प्रकाशित

chinaबेइजिङ, ४ मंसिर । चीनमा वैदेशिक लगानी बढेको समाचार छ । विगतका वर्षहरुको तुलनामा यसवर्ष त्यहाँ वैदेशिक लगानीमा वृद्धि भएको बताइएको छ । चीनमा सन् २०१३ को पहिलो १० महिनामा वैदेशिक लगानीमा ५.७७ प्रतिशतले बढेको पाइएको छ ।

सो लगानी सन् २०१३ को जनवरीदेखि अक्टोबर महिनासम्ममा ९७ अर्ब अमेरिकी डलर बराबरको वैदेशिक लगानी आएको जनाइएको छ । अक्टोबर महिनामा मात्र प्रत्यक्ष वैदेशिक लगानीमा १.२४ प्रतिशतले बढेको थियो । सो महिनामा मात्र ८४ अर्ब अमेरिकी डलर बराबरको लगानी भित्रिएको बताइएको छ ।

चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता सेन दानयाङका अनुसार सो यस १० महिनाको अवधिमा चिनियाँ प्रत्यक्ष विदेशी लगानी एसियाका १० देश र अमेरिका एवम् युरोपेली देशहरुबाट पनि आएको छ । प्रवक्ता सेनले यस अवधिमा युरोपेली युनियन सम्बद्ध देशहरुबाट मात्र विगतको तुलनामा कम्तीमा पनि २२ प्रतिशतले वृद्धि भएको जानकारी दिएका छन् ।

चिनियाँ आर्थिक अवस्थामा विगतका केही महिनादेखि सुधार आइरहेको बताइएको छ । युरोपेली क्षेत्रमा जारी रहेको मन्दीले चीनलाई पनि प्रभाव पारिरहेको बताइएको छ । रासस÷सिन्ह्वा

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us