चुनावमा लोडसेडिङ नहुने

काठमाण्डु टुडे २०७० मंसिर २ गते २:३२ मा प्रकाशित

काठमाण्डु, २ मंसिर– सरकारले चुनावलाई केन्द्रित गरी लोडसेडिङ कम गर्ने भएको छ । सोमबार र मंगलबार दुई दिन लोडसेडिङलाई बढिमा एक घण्टामा सीमित गर्ने तयारी भैरहेको छ ।

जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयहरुमा भने लोडसेडिङ हुँदै नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । चुनावको संवेदनशीलतालाई ध्यान दिदै जिल्ला प्रशासन कार्यालय र निर्वाचन कार्यालयहरुमा चौबिसै घण्टा विद्युत आपूर्तिको व्यवस्था मिलाइएको हो । सार्बजनिक विदाको दिनमा कम विद्युत खपत हुने भएकाले पनि लोडसेडिङ घटाउन सम्भव भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले चुनावको अवधिभर धेरै विद्युत खपत हुने विद्युतीय सामग्री प्रयोग नगर्न सर्बसाधारणलाई आग्रह पनि गरेको छ । सबैभन्दा धेरै विद्युत खपत बेलुकी ५ बजेदेखि राती ९ बजेसम्म हुने गर्दछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us