पोखरा, १३ मंसिर– दोस्रो सिटी रेवान महोत्सव तथा फुड फेष्टिवल आजदेखि पोखराको प्रदर्शनी केन्द्रमा सुरु भएको छ । पोखरा नगर रेष्टुरेन्ट तथा बार एसोसिएशनद्वारा यो महोत्सवको आयोजना गरिएको हो । कास्कीका चारवटै क्षेत्रबाट संविधानसभामा निर्वाचित सभासद्ले संयुक्तरुपमा परेवा उडाई महोत्सवको शुभारम्भ गरेका थिए ।...
काठमाण्डु, १३ मंसिर– सरकारले विद्युत् उत्पादन अनुमतिपत्र पाऊँ भनी निवेदन दिएका विभिन्न ११ वटा आयोजनाको निवेदन खारेज गरेको छ । आवश्यक योग्यता नपुगेको र समयमा नै निर्माणकार्य सुरु नगरेको भन्दै ती आयोजनाको निवेदन खारेज गरिएको हो । विद्युत विकास विभागका सूचना अधिकृत गोकर्णराज पन्थकाअनुसार...
चितवन, १३ मंसिर– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिने भएको छ । चाडपर्व र चुनावको समयमा रोकिएको अभियानलाई केन्द्रले तीव्र पार्ने जनाएको छ । हिउँदको समयमा विद्युत भार कटौती कम गर्न पनि चुहावट नियन्त्रण अभियान प्रभावकारी हँुदै गएको...
महोत्तरी, १३ मंसिर– भारतबाट भन्सार छली ल्याइएको रु दुई लाखभन्दा बढी मूल्यका किराना सामान महोत्तरी प्रहरीले आज सुन्दरपुरबाट बरामद गरेको छ । इलाका प्रहरी कार्यालय गौशालाबाट गएको गस्ती टोलीले सुन्दरपुर–८ स्थित बाटाबाट भन्सार छली नेपाल भित्र्याइएका पाँच क्विन्टल ५० किलो चिनी, १२ टिन र...
काठमाण्डु, १३ मंसिर–नेपाल र चीन सरकारबीच जहाज खरिद सम्झौता पत्रमा हस्ताक्षर भएको छ । दुईवटा जहाज अनुदानमा र चारवटा ऋणबाट नेपाल ल्याउने सम्झौता भएको हो । अर्थमन्त्रालयमा भएको कार्यक्रममा अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी र नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताईले सम्झौता पत्रमा हस्ताक्षर गरेका...
चन्द्रनिगाहपुर १३ मङ्सिर–रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल सञ्चालनमा ढिलाइ भएपछि उखु किसानले क्रसर उद्योगमा उखु बिक्री गर्न थालेका छन् । उखु काटेर अन्य बाली लगाउन ढिलो भइसकेको भन्दै किसानले क्रसर उद्योगमा उखु बेच्न थालेका हुन् । चिनी मिलले भन्दा कम रकम दिने भए...
काठमाण्डु,१३ मङ्सिर–सरकारले औद्योगिक नीति कार्यान्वयनका लागि औद्योगिक व्यवसाय ऐन ल्याउन लागेको छ । नेपाल हस्तकला महासङ्घको आयोजनामामा बुधवारदेखि सुरु भएको ११ औं हस्तकला मेला तथा नवौंँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनीको उद्घाटन गर्दै उद्योग सचिव कृष्ण ज्ञवालीले नीति निर्माण भएको साढे तीन वर्षसम्म पनि नीति कार्यान्वयन...
विराटनगर, १२ मंसिर– संविधानसभाको निर्वाचन सम्पन्न पश्चात विराटनगरलगायत पूर्वाञ्चल क्षेत्रमा भारतीय रुपैयाँको अभाव हटेको छ । केही महिना अघिसम्म यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले भारतीय रुपैयाँ सटही गर्दा भारु १ सय साट्दा ६ रुपैयाँदेखि सातसम्म बढी दिनु पर्दथ्यो । भारतमा रहेका नेपाली संविधानसभा...
झापा, १२ मंसिर– आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी राजस्व तिर्ने मेची अञ्चलका ६ जना करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले झापाका तीन जना र पहाडी जिल्लाका तीन जना गरी ६ जना करदातालाई भद्रपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुने...
धनुषा, १२ मंसिर– सरकारले किसानलाई आलुको बीउ उपलब्ध नगराउँदा यहाँका व्यापारी भारतीय आलुको बीउ आयात गरी करिब रु दुई करोड बराबरको कारोबार गरेको छ । सरकारले किसानलाई अनुदानको आलुको बीउ उपलब्ध नगराएकाले यहाँका व्यापारीले किसानको मागलाई ध्यानमा राखी भारतबाट आलुको बीउ आयात गरी बिक्री...
खजुरा, १२ मंसिर । मध्यपश्चिमाञ्चलका १५ जिल्लामा ८२ हजार हेक्टर सिँचाइ योग्य जमिनमा अझैसम्म सिँचाइ सुविधा पुग्न सकेको छैन । सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता रहेकाले आवश्यकता अनुसारको उब्जनी हुन नसकेको कृषकको गुनासो छ । मध्यपश्चिमाञ्चाल क्षेत्रको दुई लाख २३...
काठमाण्डु, १२ मंसिर– हस्तकला व्यवसायको प्रवर्द्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ बुधबारबाट काठमाण्डुमा शुरु हुदै छ । नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजक नेपाल हस्तकला...