भारु अभाव टर्दै

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ११:३६ मा प्रकाशित

ic-indian currencyविराटनगर, १२ मंसिर– संविधानसभाको निर्वाचन सम्पन्न पश्चात विराटनगरलगायत पूर्वाञ्चल क्षेत्रमा भारतीय रुपैयाँको अभाव हटेको छ । केही महिना अघिसम्म यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले भारतीय रुपैयाँ सटही गर्दा भारु १ सय साट्दा ६ रुपैयाँदेखि सातसम्म बढी दिनु पर्दथ्यो ।

भारतमा रहेका नेपाली संविधानसभा निर्वाचनमा मतदान गर्न फर्केपछि यस क्षेत्रमा भारतीय रुपैयाँ सर्वसुलभ भएको स्थानीय एक व्यापारीले बताए । भारतमा काम गर्ने नेपालीले रोजगारीका क्रममा पाएको रकम नेपाली बजारमा खर्च गरेकै कारण यस क्षेत्रमा भारतीय रुपैयाँको अभाव हटेको हो ।

रोजगारीका लागि भारत गएकाले कमाएको पैसा बजारमा आउँदा र सुनको मूल्यमा आएको कमि हुँदा भारतीय रुपैयाँ विराटनगरलगायतका ग्रामीण बजारमा सुलभ भएको विराटनगरस्थित एक सटही काउन्टरका कर्मचारीले बताएका छन् । अहिले एकजना व्यक्तिले भारतीय रुपैयाँ तीनदेखि चार लाखसम्म सटही काउन्टरमा साट्नका लागि आउने गरेकाले भारतीय रुपैयाँको सटही कार्य व्यापक घटेको छ ।

विगतमा यस क्षेत्रका बासिन्दलाई बिरामी, तीर्थयात्रा, शिक्षाका लागि भारत जान भारतीय रुपैयाँको ठूलो समस्या पर्ने गरेको थियो । नेपाल राष्ट्र बैंकले बिरामीको उपचारका लागि भारत लैजानुपर्ने अवस्थामा चिकित्सक पूर्जा देखाउँदा एक जनालाई १० हजार भारु दिने गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us