
चितवन, १३ मंसिर– नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले विद्युत चुहावट नियन्त्रण अभियानलाई तीव्रता दिने भएको छ । चाडपर्व र चुनावको समयमा रोकिएको अभियानलाई केन्द्रले तीव्र पार्ने जनाएको छ ।
हिउँदको समयमा विद्युत भार कटौती कम गर्न पनि चुहावट नियन्त्रण अभियान प्रभावकारी हँुदै गएको केन्द्रका प्रवक्ता सुरेश पण्डितले बताए । जिल्लामा विद्युत चोरी गर्ने क्रम बढेपछि भरतपुर वितरण केन्द्रले चुहावट नियन्त्रण टोली नै बनाएर अभियान सुरु गरेको थियो ।
केन्द्रका कर्मचारीले प्रहरीको सहयोगमा चुहावट नियन्त्रणका लागि बिहान सबेरै घरमै पुगेर चोरी गर्नेलाई पक्राउ गरी राजस्व असुलीका साथै मिटर बक्स जडान गर्न लगाउने गरेको वितरण केन्द्रका प्रमुख उमेश झाले बताए ।
केन्द्रले गत आर्थिक वर्È २०६९÷७० मा विद्युत् चोरी गर्ने एक हजार ९२ जनालाई कारबाही गरी करिब रु ६९ लाख ३४ हजार राजस्व सङ्कलन गरेको थियो । मुख्य रुपमा पश्चिम चितवनमा चुहावट बढी छ ।