६ जना करदाता सम्मानित

काठमाण्डु टुडे २०७० मंसिर १२ गते ११:३२ मा प्रकाशित

Shankar-Prasad-Koiralaझापा, १२ मंसिर– आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी राजस्व तिर्ने मेची अञ्चलका ६ जना करदातालाई सम्मान गरेको छ । अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले झापाका तीन जना र पहाडी जिल्लाका तीन जना गरी ६ जना करदातालाई भद्रपुरमा आयोजित कार्यक्रममा प्रमाणपत्रसहित सम्मान गरेका हुन् ।

सम्मानित हुने संस्थामा झापाको एक्सेल डेभलपमेन्ट बैंक बिर्तामोड, नेपाल बहुउद्देश्यीय सहकारी संस्था काँकडभिट्टा र प्रकाश कन्र्सन बिर्तामोड रहेका छन् । ती संस्थाका तर्फबाट एक्सेलका कार्यकारी प्रमुख दिनेशकुमार पोख्रेल, बहुउद्देश्यीय सहकारीका अध्यक्ष रामचन्द्र उप्रेती र प्रकाश कन्र्सनका प्रोपाइटर सत्यनारायण तायलले प्रमाणपत्र ग्रहण गरेका थिए ।

यसैगरी इलामको चारखोला प्रालि, पाँचथरको कञ्चनजङ्घा टि इस्टेट प्रालि र ताप्लेजुङको ताप्लेजुङ हाडवेयर सेन्टर एन्ड सप्लायर्स सम्मानित भएको छ । त्यस्तै चारखोलाका प्रोपाइटर ज्ञानु लामा, कञ्चनजङ्घाका दीपक बास्कोटा र सप्लायर्सका प्रोपाइटर दीपक घिमिरेले प्रमाणपत्र ग्रहण गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us