काठमाण्डुमा हस्तकला व्यापार मेला

काठमाण्डु टुडे २०७० मंसिर १२ गते २:४६ मा प्रकाशित

handicraftकाठमाण्डु, १२ मंसिर– हस्तकला व्यवसायको प्रवर्द्धन गर्न ‘एघारौं हस्तकला व्यापार मेला तथा नवौं प्रतियोगितात्मक हस्तकला प्रदर्शनी’ बुधबारबाट काठमाण्डुमा शुरु हुदै छ । नेपाली कला र सँस्कृतिको जगेर्नासँगै विदेशी मुद्रा आर्जनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हस्तकला व्यवसायको प्रवर्द्धनका लागि प्रदर्शनी आयोजना गरिएको आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।

काठमाण्डुको भृकुटीमण्डपमा चार दिनसम्म प्रदर्शन चल्ने छ । प्रदर्शनीमा नेपाललगायत चीन, पाकिस्तान, बङगलादेश र ओमनलगायत मुलुकको सहभागिता रहने छ ।

पेभिलियन प्रतियोगिता, हस्तकला प्रवद्र्धनसम्बन्धी गोष्ठी, विदेशी स्टलहरु प्रदर्शनीका मुख्य आकर्षणका रुपमा रहने छन् । प्रदर्शनीमा करिब २०० स्टल रहने छन् । अन्य मुलुकका लागि ३० वटा स्टलको व्यवस्था गरिएको छ । मेलामा पश्मिना, धातुकला, चाँदीका गरगहना, हाते कागज, ऊनी तथा फेल्टका सामग्रीलगायतका बस्तुको प्रदर्शनी तथा बिक्री गरिने छ ।

मेलामा प्रतियोगितात्मक हस्तकला प्रदर्शनीसमेत हुने महासंघका अध्यक्ष हेमरत्न शाक्यले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us