काठमाण्डु, १५ मङ्सिर–अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले सञ्चारमाध्यमले उठाएका आर्थिक र व्यावसायिक मुद्दालाई सरकारले गम्भीरताका साथ लिएको बताएका छन । नेपाल आर्थिक पत्रकार समाज(सेजन)को १६ आँै वार्षिक स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा अर्थमन्त्री कोइरालाले मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारले धेरै प्रयास गरेको र आर्थिक परिसूचक...
मुगु, १५ मङ्सिर–जलवायु परिवर्तनका कारण बढी प्रभावित हुन सक्ने जिल्लाका पाँच गाविसमा नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमअन्र्तगत साढे चार करोड रुपैयाको लगानीमा स्थानीय अनुकूलन कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाका रुगा, रोवा, माँग्री, जिमा र सुकाढीक गाविसमा जलवायु परिवर्तनले पार्न सक्ने असरलाई न्यूनीकरण...
काठमाण्डु, १५ मंसिर– इण्डिोनेसियाको बालीमा हुने विश्वव्यापार संगठनको नवौं वाणिज्य मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ । यही मंसिर १८ देखि २१ गतेसम्म हुने सम्मेलनमा नेपाल अतिकम विकसित ३४ मुलुकको संयोजकको हैसियतमा सहभागी हुनेछ । नेपालका तर्फबाट सम्मेलनमा वाणिज्य मन्त्रालयको...
काँकडभिट्टा (झापा), १५ मङ्सिर–कृषि विकास मन्त्रालयबाट अनुदानप्राप्त उन्नत जातको सुधारिएको गहुँको बीउ बेचबिखनका लागि आधिकारिक बिक्रेताबाट भनेजस्तो बीउ नपाएपछि खजुरगाछीका किसानले गुनासो गरेका छन् । गहुँखेतीका लागि राम्रो मानिएको कात्तिक र मङ्सिर महिनामा खजुरगाछीमा रहेको आधिकारिक बिक्रेता स्वस्तिक कृषि भण्डार र भागवत कृषि भण्डारले...
बेइजिङ १५ मंसिर-सन् 2013 मा सारा देशको खाद्यान्नको कूल उत्पादन मात्रा 60 करोड19 लाख 35 हजार टन पुगेको छ। जुन मात्रा गत वर्षको दाँजोमा 2.1प्रतिशतले बढी हो। चीनको खाद्य उत्पादन मात्रा लगातार दश वर्षसम्ममा बृद्धि हुँदैगएको देखिन्छ। चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले उन्नतीस तारिखका दिन...
बुटवल, १४ मंसिर– बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी पुस ९ गतेदेखि बुटवलमा क्षेत्रीयस्तरको मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले प्रत्येक वर्ष गर्ने क्षेत्रीयस्तरको मेला यो वर्ष बुटवलमा गर्न लागेको हो । जिल्ला विकास समिति...
काठमाण्डु, १४ मङ्सिर–नेपाल उद्योग वाणिज्य महासङ्घले राजनीतिक दलले आर्थिक र विकासका क्षेत्रमा घोषणापत्रमा उल्लेख गरेको कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन माग गरेको छ । महासङ्घले आर्थिक क्षेत्रको विकासका लागि निजी क्षेत्रले गरेको सहयोग र समर्थनलाई राजनीतिक दलले आफ्नो घोषणापत्रमा प्राथमिकता दिएको स्मरण गराउँदै खासगरी पर्यटन, कृषि...
काठमाण्डु, १४ मंसिर–एशियाली विकास बैंक (एडीबीले) नेपालका ठूला जलविद्युत आयोजनाको लागि दुई करोड डलर सहयोग गरेको छ । एडीबीबाट नेपालले अनुदानको रुपमा सो सहयोग पाएको हो । सहयोग सम्वन्धि सम्झौतामा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनी र एडीबीका नेपाल निर्देशक केनिची...
भक्तपुर, १४ मंसिर–संविधानसभा निर्वाचनका कारण कामदार अभावले इँटाको उत्पादन घटेपछि मूल्य बढ्ने भएको छ । विगतका वर्षहरुमा मंसिरको पहिलो साताबाट नै इँटा उत्पादन सुरु हुन्थ्यो तर चुनावकालागि गाउँ गएका श्रमिकहरु भर्खरै काममा फर्किन थालेकाले इँटा उत्पादन नै ढिला हुने व्यवसायीको भनाइ छ । भक्तपुरमा...
गोरखा, १४ मंसिर–एकीकृत नेकपा (माओवादी) का नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखाको आर्थिक उन्नति र समृद्धिका लागि पर्यटन विकासको विकल्प नभएको बताएका छन् । गोरखाजस्तो ऐतिहासिक जिल्लाको महत्व विश्वसामु चिनाउन नसकिएको भन्दै उनले पर्यटन विकासका लागि बनाइएका कार्ययोजना अब लागू गर्नुपर्नेमा जोड दिए...
अत्तरिया, १४ मंसिर– कैलालीमा किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको लघुवित्त कार्यक्रम प्रभावकारी बन्दै गएको छ । लघुवित्त कार्यक्रममार्फत बिनाधितो कर्जा प्रवाह गरिएपछि यो कार्यक्रम प्रभावकारी बन्दै गएको हो । किसानले छ वर्षअघि लघुवित्त कार्यक्रम ल्याएपछि विपन्न वर्गका महिलाको आयआर्जनमा सुधार आएको छ...
पोखरा, १३ मङ्सिर–रोजगारीको सिलसिलामा कुवेतमा रहेका नेपालीहरुको संस्था जनजागृति युवा समाजले पोखरा वृद्धाश्रमलाई रु ३५ हजार ७०० सहयोग गरेको छ । समाजका अध्यक्ष दीपक क्षेत्रीले पोखरा वृद्धाश्रमका अध्यक्ष वसन्त केशव पराजुलीले बिहिवार आयोजित एक समारोहमा सो रकम हस्तान्तरण गर्नुभयो । सो अवसरमा वृद्धवृद्धालाई बिस्कुटसमेत...