१५ करोडको अपेक्षासहित मेला हुने

काठमाण्डु टुडे २०७० मंसिर १४ गते ११:१० मा प्रकाशित

melaबुटवल, १४ मंसिर– बुटवल उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा आगामी पुस ९ गतेदेखि बुटवलमा क्षेत्रीयस्तरको मेला हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घले प्रत्येक वर्ष गर्ने क्षेत्रीयस्तरको मेला यो वर्ष बुटवलमा गर्न लागेको हो ।

जिल्ला विकास समिति रुपन्देही, बुटवल नगरपालिका र पश्चिमाञ्चल क्षेत्रमा रहेका जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरुको सहआयोजनामा हुन लागेको ‘औद्योगिक व्यापार तथा कृषि एवम् पर्यटन मेला २०७० पश्चिमाञ्चल’ मा १५ करोडभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिइएको छ भने पाँच लाखभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने बुटवल उद्योग वाण्एि ।

पुसको २० गतेसम्म सञ्चालन गरिने मेला सम्पन्न गर्न बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्रेष्ठको संयोजकत्वमा ४१ सदस्यीय मूलसमिति गठन गरिएको छ भने विभिन्न २२ वटा विभागीय समिति गठन गरिएको छ । लुम्बिनीको पर्यटन विकासका लागि कलाकारिताको माध्यमबाट आवाज उठाउनका लागि मेला अवधिभरका लागि नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठानसँग समन्वय भइसकेको पनि संयोजक अर्यालले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us