
काठमाण्डु, १४ मंसिर–एशियाली विकास बैंक (एडीबीले) नेपालका ठूला जलविद्युत आयोजनाको लागि दुई करोड डलर सहयोग गरेको छ । एडीबीबाट नेपालले अनुदानको रुपमा सो सहयोग पाएको हो ।
सहयोग सम्वन्धि सम्झौतामा अर्थ मन्त्रालयको वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुख मधु मरासिनी र एडीबीका नेपाल निर्देशक केनिची योकोयामाले हस्ताक्षर गरेका छन् ।
सो रकम आयोजनाको विस्तृत अध्ययन प्रतिवेदनमा खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ । महाशाखाका प्रमुख मरासिनीले सो रकमलाई तत्काल सम्वन्धित क्षेत्रमा खर्च गरिने जानकारी दिए ।
एडीबीले नेपालका बिभिन्न परियोजनामा चालु आर्थिक बर्षमा करिब २५ करोड डलर सहयोग गर्ने छ ।