
बेइजिङ १५ मंसिर-सन् 2013 मा सारा देशको खाद्यान्नको कूल उत्पादन मात्रा 60 करोड19 लाख 35 हजार टन पुगेको छ। जुन मात्रा गत वर्षको दाँजोमा 2.1प्रतिशतले बढी हो। चीनको खाद्य उत्पादन मात्रा लगातार दश वर्षसम्ममा बृद्धि हुँदैगएको देखिन्छ।
चीनको राष्ट्रिय तथ्याङ्क ब्युरोले उन्नतीस तारिखका दिन जनाएअनुसार, सन् 2013 सारा देशमा खेतीयोग्य जमीनको क्षेत्रफल गत वर्षको तुलनामा 0.7प्रतिशतले बृद्धि भएको छ। सिआरआई