अर्थमन्त्री कोइराला इण्डिोनेसिया जाँदै

काठमाण्डु टुडे २०७० मंसिर १५ गते ३:३६ मा प्रकाशित

Shankar-Prasad-Koiralaकाठमाण्डु, १५ मंसिर– इण्डिोनेसियाको बालीमा हुने विश्वव्यापार संगठनको नवौं वाणिज्य मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।
यही मंसिर १८ देखि २१ गतेसम्म हुने सम्मेलनमा नेपाल अतिकम विकसित ३४ मुलुकको संयोजकको हैसियतमा सहभागी हुनेछ । नेपालका तर्फबाट सम्मेलनमा वाणिज्य मन्त्रालयको समेत कार्यभार सम्हालेका अर्थमन्त्री शंकर कोइराला नेतृत्वको टोली सहभागी हुनेछ ।

बाली पिलार्स नाम दिइएको सम्मेलनमा नेपालले कृषि र व्यापार सहजीकरणको एजेण्डा उठाउने तयारी गरेको छ । सम्मेलनमा विश्वभरकबाट १ सय ५९ मुलुकका प्रतिनिधि सहभागी हुनेछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us