अर्थ

चिनियाँ युआनले यूरोलाई गर्‍यो प्रतिस्थापन

२०७० मंसिर १९ गते ४:३९

साङघाइ, १९ मंसिर–चीनको युआनले युरोलाई प्रतिस्थापन गर्दै अन्तर्राष्ट्रिय व्यापार वित्तमा सबैभन्दा बढी प्रयोग हुने मुद्राको दोस्रो स्थान प्राप्त गरेको छ । सोसाइटी फर वर्ल्डवाइड इन्टरब्याङक फिनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) ले दिएको जानकारी अनुसार रेनमिन्बी (आरएमबी) नाम गरिएको युआनको अन्तर्राष्ट्रिय व्यापार वित्तमा बजार भाग अक्टोबर महिनामा...

सुनचाँदी ब्यापारीलाई कारवाहीको तयारी

२०७० मंसिर १९ गते ४:०७

चितवन, १९ मंसिर–चितवनको नारायणगढमा  नमुना लिइएका सबै सुनचाँदी पसलमा गुणस्तर न्यून पाइएपछि व्यापारीहरु विरुद्ध मुद्दा चलाउने तयारी शुुरु गरिएको छ । वाणिज्य तथा आपूर्ति ब्यवस्थापन विभागले चितवनमा कानुन अधिकृत पठाएर कारवाहीको तयारी शुरु गरेको हो । घरेलु तथा साना  उद्योग कार्यालय चितवनमा कानुन अधिकृत...

‘हिमाली चियाको व्यापार विस्तार आवश्यक’

२०७० मंसिर १९ गते २:३१

काठमाण्डु, १९ मंसिर–नेपालले आफ्नो देशमा उत्पादित गुणस्तरीय चियाको व्यापार प्रवर्द्धनमा सघाउन अन्तर्राष्ट्रिय व्यापार केन्द्रलाई आग्रह गरेको छ । अन्तर्राष्टिय व्यापार केन्द्रका कार्यकारी निर्देशक अरन्चा गोन्जावेजसँगको भेटमा अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री शंकरप्रसाद कोइरालाले हिमाली क्षेत्रमा उत्पादित नेपालको चियाको व्यापारिक विस्तार आवश्यक भएको बताएका...

सुनको भाउ घट्यो

२०७० मंसिर १८ गते ११:२१

काठमाण्डु, १८ मंसिर– नेपाली बजारमा छापावाला सुनको मूल्य आज प्रतितोला ५२ हजार ७ सय कायम भएको छ । सो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १ हजारले कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सस्तो भएकाले नेपालमा पनि मूल्य केही घटेको हो । नेपाल सुनचाँदी...

४ महिनामा साढे २ अर्ब राजस्व

२०७० मंसिर १८ गते ११:०१

चितवन, १८ मंसिर– अन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आवको पहिलो चार महिनामा रु दुई अर्ब ५४ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरिएको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले जनाए । राजस्व कार्यालयले यस आवको अन्त्यसम्ममा रु...

राहुघाटको ठेकेदार १४ महिनापछि काममा

२०७० मंसिर १८ गते ६:०२

बाबियाचौर, १८ मंसिर–म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी १४ महिनापछि काममा फर्किएको छ । २०६९ भदौ महिनादेखि काम रोकेको ठेकेदार कम्पनी आइभिआरसिएल यसै हप्तादेखि काममा फर्किएको हो । नेपाल विद्युत् प्राधिकरणसँग काम गर्न नपाएको समयको क्षतिपूर्ति माग दाबी गर्दै काम स्थगित गरेको थियो ।...

डब्लूटीओको नवौं सम्मेलन बालीमा शुरु

२०७० मंसिर १८ गते ३:३६

काठमाण्डु, १८ मंसिर– विश्व व्यापार संगठन (डब्लूटीओ)को नवौं मन्त्रिस्तरीय सम्मेलन मंगलबार इन्डोनेसियाको बालीमा सुरु भएको छ । इण्डोनेशियाका राष्ट्रपति सुशिलो बांगबांग युधियोनोले भव्य समारोहबीच सम्मेलन उदघाटन गरेका छन् । अति कम विकसित मुलुकहरुको अध्यक्षको रुपमा रहेको नेपालले अध्यक्षता युगाण्डालाई हस्तान्तरण गरेको छ । सम्मेलनमा...

एलडीसीमा ४ बुँदे घोषणापत्र अनुमोदन

२०७० मंसिर १७ गते १४:४३

काठमाण्डु, १७ मंसिर– विश्वका अति कम विकसित मुलुकहरु (एलडीसी) को बैठकले चार बुँदे बाली घोषणापत्र अनुमोदन गरेको छ । विश्वका ४९ देशका वाणिज्य मन्त्री सदस्य रहेको एलडीसीले भन्सार तथा कोटारहित बजार पहुँच, कटन, सेवा व्यापारमा छुट र सहुलियतपूर्ण उत्पत्तिको नियम सरलीकृत गर्ने एजेण्डा सर्वसम्मत...

पूर्व अर्थमन्त्री भन्छन–५ वर्षमै कायापलट हुन्छ

२०७० मंसिर १७ गते १४:३७

काठमाण्डु, मंसिर १७– पूर्वअर्थमन्त्रीहरुले लगानीको वातावरण बन्न सके देश ५ बर्षमै कायापलट हुने बताउँदै लगानीको वातावरण बनाउने सामुहिक प्रतिबद्धता जनाएका छन् । संविधानसभा, सरकार र दलीय संरचना सबै क्षेत्रबाट देशको अर्थतन्त्रलाई प्रभावकारी ढंगले अघि बढाउने पनि उनीहरुले जनाएका छन् । मिडिया इन्टरनेसनलले संविधानसभामा विजयी...

पुस तेस्रो सातादेखि रेल्वे विस्तार

२०७० मंसिर १७ गते १४:३५

जनकपुरधाम, १७ मंसिर–निर्माण सामग्री समयमै नेपाल ल्याइए पुसको तेस्रो सातादेखि रेल्वे विस्तार कार्य प्रारम्भ हुने भएको छ । भारतीय सीमासित जोडिएको धनुषाको इनर्वा गाविसबाट रेल्वे विस्तार कार्य सुरु हुने बताइएको छ । सुरुमा माटो पुर्ने र पुल निर्माण कार्य गरिने छ । गत असोज...

नेटवर्कमा कुनै समस्या नभएको टेलिकमको दावी

२०७० मंसिर १७ गते ११:१९

काठमाण्डु, १७ मंसिर– राजधानीमा उल्लेख्य संख्यामा ‘विटीएस’ टावरहरु थप गरिएकोले नेटवर्कमा कुनै पनि समस्या नभएको नेपाल टेलिकमले दावी गरेको छ । राजधानीमा पूराना विटीएस हटाएर नयाँ विटीएस थपिएको र विद्युत् भार कटौती भएको बेलामा समेत सौर्य ऊर्जा प्रयोग गरेर विटिएसलाई सञ्चालन गरिएका कारण समस्या...

एलडिसीको बैठक आजै

२०७० मंसिर १७ गते ११:१३

काठमाण्डु, १७ मंसिर– विश्व व्यापार सङ्गठनको नवौँ मन्त्रिस्तरीय विश्व सम्मेलनअन्तर्गत सोमबर अति कम विकसित मुलुक (एलडिसी)को बैठक बस्दैछ । बैठकको अध्यक्षता नेपाली प्रतिनिधिमण्डलका प्रमुख तथा अर्थ र वाणिज्य तथा आपूर्तिमन्त्री शङ्करप्रसाद कोइरालाले गर्दै छन् । मन्त्री कोइरालाका प्रेस सहयोगी संकेत कोइरालाका अनुसार सम्मेलनकै क्रममा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us