अर्थ

बङ्गलादेश र मलेसियासँग सम्झौता हुँदै

२०७० कार्तिक ८ गते ११:४७

काठमाण्डु, ८ कात्तिक–वैदेशिक लगानी आकर्षण गर्न तथा लगानीकर्ताले दुई पटक कर तिर्नु नपरोस् भन्ने उद्देश्यले सरकाले बङ्गलादेश र मलेसियासँग दोहोरो कर उन्मुक्ति सम्झौता गर्ने भएको छ । बङ्गलादेश र मलेसियासँग चाँडै सम्झौता गर्ने तयारीमा संम्बृद्ध मुलुकमा सरकार रहेका अर्थ मन्त्रालयका सहसचिव राजन खनालले बताए...

औद्योगिक व्यवसाय ऐन तत्काल जारी गर्न माग

२०७० कार्तिक ८ गते ११:३६

काठमाण्डु, ८ कात्तिक–उद्योगी–व्यवसायीले औद्योगिक व्यवसाय ऐन तत्काल अध्यादेशमार्पmत ल्याउन सरकारसँग माग गरेका छन् । उद्योगमन्त्री शङ्करप्रसाद कोइरालालाई आज भेटेर उनीहरूले धरासायी हुन लागेका उद्योगधन्दा जोगाउन र ट्रेड युनियनका कारण उत्पन्न समस्या सम्बोधन गर्न उक्त ऐन आवश्यक भएको उनीहरूले बताए । उनीहरूले उद्योग सञ्चालन गर्न...

दर्ताबिना यातायात सञ्चालन

२०७० कार्तिक ८ गते ३:३४

जाजरकोट, ८ कात्तिक–जाजरकोटको रिम्नादेखि रुकुमको आठविसकोटसम्म सञ्चालनमा रहेका यातायातका साधनसँगै समितिसमेत दर्ताबिना नै सञ्चालनमा रहेका पाइएको छ । चित्तेपाटन यातायात समिति नाम दिइएको सो समितिले दैनिक आठवटाभन्दा बढी जिप सञ्चालन गर्दछ । कुल २७ किलोमिटर लम्बाइ रहेको यो सडकखण्डमा सञ्चालनमा रहेका यातायातका साधनले प्रतिव्यक्ति...

सुदूरपश्चिमका पर्यटकीयस्थलको अध्ययन भ्रमण शुरु

२०७० कार्तिक ८ गते ३:३३

कञ्चनपुर, ८ कात्तिक–सुदूरपश्चिम क्षेत्रका ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक तथा पर्यटकीयस्थलहरुको स्थलगत अध्ययनका लागि शुक्रबार बिहान एक टोली महेन्द्रनगरबाट प्रस्थान गरेको छ । टोलीमा साहित्यकार, इतिहासविद् र पुरातत्वविदहरुको सहभागिता छ । कला र साहित्यको क्षेत्रमा क्रियाशील महाकाली साहित्य सङ्गम र सुदूरपश्चिम साहित्य समाजले संयुक्त रुपमा भाषा,...

सातौं गोदावरी पुष्पमेला आजदेखि

२०७० कार्तिक ८ गते २:४६

ललितपुर, ८ कात्तिक–ललितपुरको जावलाखेलमा शुक्रबारदेखि सातौं गोदावरी पुष्प मेला हुँदैछ । तिहारलाई लक्षित गरी कृषि विभाग र फ्लोरीकल्चर एसोसियसन नेपालको आयोजनामा मेला हुन लागेको हो । कृषि विभागका कृषि व्यवसाय प्रवद्र्धन विभाग प्रमुख रोजलीन महर्जनका अनुसार मेलामा २८ वटा स्टल रहनेछन् । तिमध्ये चारवटा...

मकै र धानको उत्पादन साठी प्रतिशत कम

२०७० कार्तिक ७ गते ३:०३

जाजरकोट, ७ कात्तिक–अघिल्लो वर्षको भन्दा यसपालि मकै र धानबालीको उत्पादनमा ह्रास आएपछि जाजरकोटका किसान मर्कामा परेका छन् । मकै र धानबाली लगाउने समयमा पानी नपर्दा उत्पादनमा ६० प्रतिशत गिरावट आएको किसानले बताएका छन् । जाजरकोटका किसानले आकाशेपानीको भरमा खेती लगाउने गर्दछन् । उत्पादनमा गिरावट...

भन्सार छलीका सामान बरामद

२०७० कार्तिक ६ गते ४:०१

बाँके, ६ कात्तिक । भन्सार छलेर नेपालगन्ज ल्याउँदै गरेको करिब ६० हजार मूल्यबराबरका विभिन्न खाद्यान्न सामग्री जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले मंगलबार राती बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतका अनुसार प्रहरीले तस्करहरुबाट चिनी चार बोरा, चामल दुई बोरा, तेल...

असिनापीडित किसानले राहत मागे

२०७० कार्तिक ६ गते २:३१

जुम्ला, ६ कात्तिक–असिनापीडित हाँकु गाविसका जनताले राहतको माग गर्र्दै जिल्ला प्रशासन जुम्लामार्फत मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । असिनाले धानबालीमा क्षति हुँदा पनि सरोकारवाला निकायले चासो नदेखाएको भन्दै हाँकुका असिनापीडितले दाना झरेका धानका डाँठका साथ ज्ञापनपत्र बुझाएका हुन् । उनीहरुले मङ्गलबार जिल्ला प्रशासन तथा...

खानेतेल उत्पादन गर्ने उद्योगमा प्रशासनको छापा

२०७० कार्तिक ६ गते २:१०

भैरहवा, ६ कात्तिक । खानेतेलका ब्रान्डमा मिसावट भएको उपभोक्ताले गुनासो गरेपछि ती तेल उत्पादन गर्ने उद्योगमा प्रशासनले छापा मारेको छ । सुनकोसी, निर्मल, अङ्कुर, बैलकोल्हु र रौनक ब्रान्डका तेल उद्योगमा जिल्ला बजार अनुगमन समिति रुपन्देहीले मङ्गलबार छापा मारेको हो । अङ्कुर ब्रान्डको तेलमा अखाद्य...

विदेशी मुद्राको अवैध करोबारी पक्राउ

२०७० कार्तिक ५ गते १३:४८

काठमाण्डु, ५ कात्तिक- विदेशी मुद्राको अवैध करोवारमा संलग्न रहेको अभियोगमा अदालतबाट दोषी ठहर भई फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने काठमाण्डुको लैनचौरस्थित इन्टर कन्र्सनका सञ्चालक श्यामकुमार राजकर रहेका छन्  । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले उनलाई मंगलबार दिउँसो लैनचौरबाट...

उब्जाउ जमिन दलदलमा परिणत,कृषक मर्कामा

२०७० कार्तिक ५ गते ४:०१

कञ्चनपुर, ५ कात्तिक–कञ्चनपुरको दक्षिणी भेगमा पर्ने बेल्डाँडी गाविसमा नहरको पानी चुहिएर झन्डै एक हजार बिघा जमिन दलदलमा परिणत भएको छ । नहर निर्माणका क्रममा भएको प्राविधिक कमजोरीका कारण सो गाविसका वडा नम्बर ३, ४, ५ र ६ मा पर्ने नहर क्षेत्रमा अवस्थित ९ सय...

टाँगा व्यवसायीले राम्रो अम्दानी लिन थाले

२०७० कार्तिक ५ गते २:०२

चितवन, ५ कात्तिक–पर्यटकीय नगरी  सौराहामा पर्यटकको आगमन बढेसँगै टाँगा व्यवसायीले राम्रो अम्दानी लिन सफल भएका छन् । पूर्वी चितवनको सौराहा चोकदेखि सौराहासम्म टाँगा चलाउँदै आएका व्यवसायीहरुले पछिल्लो समयमा राम्रो आम्दानी हुन थालेको बताएका छन् । विगत १९ वर्षदेखि सौराहामा टाँगा चलाउँदै आएका सुन्दर लामिछानेले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us