अर्थ

गाई पालेर २० हजार, कपाल काटेर १५ हजार

२०७० कार्तिक १२ गते १४:३०

नेपालगन्ज, १२ कात्तिक– रझेना गाविस–१ मैटहवाका कृषक दीपेन्द्र चौधरीले गाईपालन फार्म सञ्चालन गरी मासिक लाखौं मुनाफा गरेका छन् । फार्ममा रहेका ६ वटा जर्सी गाईले प्रत्येक दिन सरदर ५५ लिटर दूध दिने गरेको र सो दूध स्थानीय बनकटवा डेरीमा प्रतिलिटर रु २५ देखि ३१...

एडिबीद्वारा नेपालका लागि १५ अर्ब

२०७० कार्तिक १२ गते ११:४१

काठमाण्डु, १२ कात्तिक– एसियाली विकास बैंक (एडिबी)ले नेपालको विकास परियोजनाका लागि करिब १५ खर्ब रुपैयाँ (१५ अर्ब अमेरिकी डलर) छुट्याइएको छ । नेपालसँगको पाँचवर्षे साझेदारी रणनीति स्वीकृत गर्दै नेपालको दिगो एवम् समावेशी आर्थिक विकास सुनिश्चित गर्न एडिबीले रकम छुट्याएको हो । नेपालस्थित एडिबीको आवासीय...

सहिद रंगशालामा व्यापार मेला

२०७० कार्तिक १२ गते १०:५२

विराटनगर, १२ कात्तिक– मोरङ व्यापार सङ्घ र जिल्ला विकास समिति मोरङले संयुक्त रूपमा ‘विराट महोत्सव अन्तर्राष्ट्रिय व्यापार मेला’–२०७० आयोजना गर्ने भएको छ । आयोजकद्वारा आयोजित पत्रकार सम्मेलनमा मेला विराटनगरको सहिद रङ्गशाला आगामी पुस १ देखि ७ गतेसम्म रहने जनाइएको छ । मेलामा १५० वटा...

हस्तकला प्रवर्द्धनमा थारु युवा सकृय

२०७० कार्तिक १२ गते ३:०७

कञ्चनपुर, १२ कात्तिक–परम्परागत संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले थारु समुदायका युवा हस्तकला सामग्रीको प्रवर्द्धनमा लागेका छन् । सुडा गाविस–१ लालपुरमा थारु हस्तकला सामग्रीले राम्रो बजार पाएको छ । लघु व्यवसाय विकास कोषको सहयोगमा २२ वर्षीया गीता डगौरा थारु हस्तकला सामग्रीको प्रवर्द्धनमा लागेकी छिन् । लघु...

तीन महिनामा आठ हजार पर्यटक

२०७० कार्तिक १२ गते १:४७

गोरखा, १२ कात्तिक–चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा आठ हजार १३८ जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् । साउनमा तीन हजार २३०, भदौमा दुई हजार ५१५ र असोजमा दुई हजार ३८३ जनाले सङ्ग्रहालयको अवलोकन गरेका हुन् । अवलोेकन गर्नेहरुमा तीन हजार ९०५ विद्यार्थी, चार...

साना किसान परिवारका दुईसय बढी विद्यार्थी इजरायल प्रस्थान

२०७० कार्तिक १२ गते १:३३

काठमाण्डु, १२ कात्तिक । इजरायल सरकारको पूर्ण छात्रवृत्तिमा २०४ जना साना किसान परिवारका सदस्य कृषि प्रविधि एवम् सीप सिक्न इजरायल प्रस्थान गरेका छन् । साना किसान विकास बैंकसँग आबद्ध साना किसान सहकारी संस्थासँगको सहकार्यमा इजरायलले नेपाली किसानको उत्पादकत्व बढाउन तथा आधुनिक कृषि प्रणालीमा उन्मुख...

तिहारको घुइँचोले असन छिर्न सास्ती

२०७० कार्तिक ११ गते १२:५१

काठमाण्डु, ११ कात्तिक– नेपालीको दोस्रो ठूलो महान् चाड तिहारको आगमनसँगै काठमाण्डुका असन, मरुजस्ता मुख्य बजारमा तिहारमा किनमेल गर्नेको निकै घुइँचो बढ्दै गएको छ । साथै तिहारका लागि आवश्यक सामान बिक्री गर्ने ठूला व्यापारीसहित स–साना फुथपाथका पसल बढेपछि असनको बजार छिर्न पैदलयात्रुलाई समस्या भएको छ...

खाद्य सुरक्षा र पोषणका लागि विश्व खाद्य दिवस मनाइने

२०७० कार्तिक ११ गते ९:५०

काठमाण्डु, ११ कात्तिक– ‘खाद्य सुरक्षा र पोषणको आधार खाद्य प्रणालीमा दिगो सुधार’ भन्ने नाराका साथ नेपालमा पनि ३३ औँ विश्व खाद्य दिवस मनाइने भएको छ । विश्व खाद्य तथा कृषि सङ्गठनले आगामी बुधबार अक्टोबर ३० तारिकका दिन मनाउन लागेको सो दिवस नेपालमा पनि विविध...

कोलकता व्यापार मेलामा १० वटा स्टल उपलब्ध गराइदिन माग

२०७० कार्तिक ११ गते ९:००

काठमाण्डु ११ कात्तिक–महिला उद्यमी संघले भारतको कोलकतामा आगामी मंसिरमा हुने व्यापार मेलामा आपूmहरुलाई १० वटा स्टल उपलब्ध गराइदिन माग गरेको छ । संघको एक प्रतिनिधिमण्डलले वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई सोमबार भेट गरी अन्तर्राष्ट्रिय व्यापारमा स्थानीय उत्पादनको प्रदर्शन गर्न सके...

भन्सारबाट जाँचपास भई निस्किएको ट्रक प्रहरी नियन्त्रणमा

२०७० कार्तिक ११ गते ८:०३

पर्सा, ११ कात्तिक–वीरगन्ज भन्सारबाट जाँचपास भई निस्किएको दुईवटा ट्रक भन्सार छली गरेको अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगन्ज भन्सारबाट आइतबार जाँचपास भई निस्किएको ना२ख ९६४२ र ना२ख ९३९१ नम्बरको ट्रक प्रहरीले गएराति वीरगन्जको रजतजयन्ती चोकबाट नियन्त्रणमा लिएको हो । भन्सारबाट जाँचपास भई निस्किएको...

सबै टेलिफोन नम्बर १० अंकको हुने

२०७० कार्तिक ११ गते ५:५५

काठमाण्डु, ११ कात्तिक–नेपाल दुरसञ्चार प्राधिकरणले सबै फोन नम्बर १० अंकको बनाउने भएको छ । हाल मोबाइल नम्बर दश अंककै भए पनि तारमा आधारित टेलिफोन नम्बर जिल्लाकोड सहित ९ अंक छ । आगामी आर्थिक बर्षदेखि नयाँ राष्ट्रिय नम्बरिङ योजना लागु गर्ने दुरसञ्चार प्राधिकरणले जनाएको छ...

तातोपानी नाकामै सयौ भ्यान अलपत्र

२०७० कार्तिक ११ गते ५:०१

तातोपानी ११ कात्तिक–तिहारको सामान आयातका लागि उत्तरी नाका सिन्धुपाल्चोकको तातोपानी पुगेका सयौँ नेपाली माल बाहक कन्टेनर भ्यान चार दिन देखि अलपत्र परेका छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको खासा क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या आएको भन्दै चिनियाँ पक्षले प्रवेश गर्न नदिएपछि भ्यान अलपत्र परेका हुन...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us