अर्थ

पर्यटक आगमन कमी

२०७० कार्तिक ११ गते १:१७

कैलाली, ११ कात्तिक–चालु आर्थिक वर्षको पहिलो तीन महिनामा त्रिनगर नाका भएर भित्रिने र बाहिरिने पर्यटकको सङ्ख्या घटेको छ । यस वर्ष गत साउनदेखि असोज मसान्तसम्म उक्त नाकाबाट आठ पर्यटक भित्रिएका र दुई जना बाहिरिएका छन् । गत वर्षको सोही अवधिमा १३ भित्रिएका र नौं...

नाफा मात्र नहेर्न किसानलाई बास्कोटाको आग्रह

२०७० कार्तिक १० गते १४:१९

काठमाण्डु, १० कात्तिक– सरकारले अत्यधिक मात्रामा रासायनिक मल प्रयोग हुँदा माटोको गुणस्तरमा ह्रास आइ उत्पादन घट्ने भन्दै प्राङ्गारिक मलको प्रयोगमा जोड दिएको छ । काभ्रेको बनेपा तरकारी बजार, कुशादेवी कृषक पाठशाला र महादेवस्थान गाविसमा एकीकृत विषादी व्यवस्थापन प्रविधिबाट उत्पादन गर्ने किसानहरूसँग बनेपामा भएको छलफलमा...

३३ करोड पाउण्डको कार्यक्रम चलाउन डिफिडमा नयाँ प्रमुख

२०७० कार्तिक १० गते १३:०१

१० कात्तिक–बेलायती दातृ संस्था डिफिड नेपालमा सोमबारदेखि नयाँ प्रमुखले कार्यभार सम्हाल्दैछिन् डोमिनिक ओनिललाई प्रतिस्थापन गर्दै डिफिडमा अर्थ विज्ञ डा.गेल मारजेटीले कार्यभार सम्हाल्न लागेकी हुन् । गेलले डिफिड नेपालको चार वर्षसम्म ३३.१ करोड पाउण्डको राष्ट्यि कार्यक्रम हेर्ने छिन् । जुन नेपलमै सवैभन्दा ठूलो द्विदेशीय कार्यक्रम हो ।...

अवैतनिक दूतको काम गर्न विश्वका उच्च हिमाल चढ्ने महिला समूहसँग आग्रह

२०७० कार्तिक १० गते १२:४४

काठमाण्डु, १० कात्तिक– नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ विश्वका उच्च सातवटा हिमाल चढ्ने अभियान थालेको ७ औं आरोहण महिला समूहले सरकारसँग सहयोगको आग्रह गरेको छ । विश्वका चारवटा अग्ला शिखरहरुको सफल आरोहण गरिसकेको सो समूहले अर्थमन्त्री शंकरप्रसाद कोइरालालाई भेटी आफ्नो अभियानमा सहयोग गर्न आग्रह...

पुष्प मेलामा २१ लाखको कारोबार

२०७० कार्तिक १० गते १२:२७

ललितपुर, १० कात्तिक– गत शुक्रबारदेखि सुरु भएको सातौँ पुष्प व्यापार मेलामा गत वर्षभन्दा करिब दुई लाख रुपैयाँ आम्दानी बढी गरेको छ । मेलामा गतवर्ष १९ लाखको कारोबार भएकोमा यसपटक २१ लाख रुपैयाँको कारोबार भएको छ । गत वर्षको तुलनामा दर्शकको सङ्ख्यामा समेत वृद्धि भई...

तरकारीको मूल्यले गृहणीहरुलाई पिरलो

२०७० कार्तिक १० गते १२:०८

भद्रपुर, १० कात्तिक– स्थानीय बजारमा तरकारीको मूल्य बढेपछि गृहिणी घरखर्च कसरी धान्ने भन्ने चिन्ताले पिरोलिन थालेका छन् । अन्य खर्चमा छुट्टाएको रकम तरकारी खरिदमै खर्च हुन थालेको उनीहरूको गुनासो छ । एक साताअघिसम्म प्रतिकिलो रु २५ मा पाइने आलु यतिखेर प्रतिकिलो रु ६० मा...

अघोसित लोडसेडिङले प्युठानी आक्रोशित

२०७० कार्तिक १० गते ५:१२

प्युठान, १० कात्तिक–प्युठानमा अघोसित लोडसेडिङ हुदा स्थानीय आक्रोशित बनेका छन् । करीब एक महिना अघिदेखि प्युठानमा साँझ ६ बजेदेखि ८ बजेको बीचमा लोडसेडिङ हुदै आएको छ । हरेक दिन साँझ घर भित्र पस्ने, खाना पकाउने र बालबालिकाले पढ्ने बेलामा लोडसेडिङ गर्दा प्युठानका ८० हजार...

नेतालाई चुनाव, किसानलाई बाली भित्राउने चटारो

२०७० कार्तिक १० गते १:५१

बर्दिवास, १० कात्तिक–मुलुक संविधानसभा निर्वाचनमा होमिएकै बेला महोत्तरीका किसानलाई भने अहिले धान भित्र्याउने र हिउँदेबाली लगाउने चटारो बढेको छ । कात्तिकको दोस्रो साता सुरु भएसँगै खेतमा पाकेको धान भित्र्याउने र गहुँ, चना, केराउलगायतका हिउँदेबाली लगाउने चटारो एकसाथ बढेको जिल्लाका किसानले बताएका छन् । राजनीतिक...

एनआरएनएले पाँचतारे होटल बनाउने

२०७० कार्तिक ९ गते ११:००

काठमाण्डु, ९ कात्तिक– गैरआवासीय नेपाली सङ्घ (एनआरएन)ले नेपालमा दुईसय ‘डिलक्स’ कोठायुक्त पाँच तारे होटल काठमाण्डु, पोखरा, चितवन वा लुम्बिनीमा स्थापना गर्ने घोषणा गरेको छ । मुलुकको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पाँच तारे होटल खोल्न लागेको भन्दै एनआरएनका अध्यक्ष शेष घलेले यसबाट स्वदेशमै रोजगारीका अवसरहरु...

तिहार आयो, मादलको बिक्री बढ्दो

२०७० कार्तिक ९ गते १०:५०

इटहरी, ९ कात्तिक– नेपालको सांस्कृतिक बाजामध्येको मादल पनि एक महत्वपूर्ण बाजाका रुपमा मानिन्छ । पश्चिम संस्कृतिका कारण नेपाली सांस्कृतिक बाजा लोप हुने अवस्थामा पुगेका बेला सुनसरीको धरानमा भने मादलको बिक्री फस्टाइ रहेको पाइएको छ । लामो समयदेखि खुकुरीको व्यापार गर्दै आएका अधिकारी परिवारका सबै...

टेलिकमको एडिएसएल सेवा आया राम गया राम

२०७० कार्तिक ८ गते ११:५४

भद्रपुर, ८ कात्तिक–हिन्दीमा एउटा उखान प्रचलित छ “आया राम गया राम” अर्थात् ‘कतिखेर आयो, कतिखेर गयो’ थाहै हुँदैन । नेपाल टेलिकमको ‘एडिएसएल’ सेवामाथि यो उखान ठ्याक्कै चरितार्थ हुन्छ । नेपाल टेलिकमको एडिएसएल सेवा पटकपटक अवरुद्ध हुने गरेकाले सञ्चार क्षेत्र सबैभन्दा बढी प्रभावित भएका छन्...

युवा विदेशिएपछि ‘खोल्साको सुन टिप्ने’खेतला अभाव

२०७० कार्तिक ८ गते ११:५०

ताप्लेजुङ, ८ कात्तिक ८–खोल्साको सुनको नामले परिचित अलैँची टिप्न हिजोआज किसानलाई भ्याइनभ्याइ छ । टिपेपछि थुँगा छोडाउन र भट्टी लगाउन उत्तिकै मेहनत लाग्छ । गाउँमा प्रसस्त खेतला नपाउनाले अझै किसानलाई चटारो परेको हो । अझ महिला मात्रले त झनै समस्या हुने दोखु–१ की कृषक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us