
चितवन, २१ मंसिर– पुष्पखेतीको क्षेत्र विस्तार गर्न कृषि विकास कार्यालय चितवनले पुष्प व्यवसाय प्रवद्र्धन कार्यक्रमलाई प्राथमिकता दिने भएको छ । जिल्लामा करिब चार हेक्टर क्षेत्रमा पुष्पखेती हँुदै आएकामा यो वर्षदेखि किसानलाई पुष्पखेतीमा आकर्षित गर्न कार्यालयले ५० प्रतिशतसम्म अनुदान दिने भएको छ ।
कृषि विकास कार्यालयका बागवानी विकास अधिकृत धनबहादुर थापाले पुष्पखेती विस्तार गर्न कार्यालयले पाँच लाख ३४ हजार रुपैयाँ बजेट छुट्याएको जानकारी दिए ।
चितवनमा डेढ दर्जनभन्दा बढी पुष्प व्यवसायी रहेका छन् । नेपालको १३५ हेक्टर क्षेत्रफलमा पुष्पखेती हुदै आएको छ ।