लालुपाते पनि आयआर्जनको माध्यम

काठमाण्डु टुडे २०७० मंसिर २० गते १:३८ मा प्रकाशित

lalupateकीर्तिपुर, २० मंसिर–ग्रामीण समाजमा खेतीबाली संरक्षणका लागि बारमा लगाइने लालुपाते काठमाण्डुको दक्षिण भेगमा भने आयआर्जनको महत्वपूर्ण स्रोत बन्दै गएको छ । प्रसिद्ध दक्षिणकाली मन्दिरमा विशेषगरी आजकलको समयमा चढाइने फूलका लागि दैनिक अत्यधिक रुपमा लातुपातेको बिक्री हुने गरेको स्थानीय विष्णु सुवेदीको भनाइ छ ।

सयपत्री लगायतका फूलको सिजन बिस्तारै सकिँदै गर्दा पूजाका लागि लालुपाते फूलको माग बढिरहेको हो ।

विशेषगरी लालुपाते मंसिरमा फूल्ने र यस समयमा अन्य फूल त्यति पर्याप्त नहुने भएका कारण पनि लालुपातेले बजार लिएको सर्वसाधारण बताउँछन् । खेतबाली संरक्षणका लागि बारको काम पनि दिने र फूल्न थालेपछि फूलको पनि व्यापार हुने भएका कारण यसको व्यावसायिक खेतीतर्फ समेत कृषक आकर्षित बनेका छन् । मन्दिर परिसरमा लालुपाते फूलको व्यापार बढ्दै गएका कारण विगतमा बेवास्ता गर्नेहरु पनि यसको जगेर्नामा लागेको पाइन्छ ।

दक्षिणकाली मन्दिरमा हिजोआज फर्पिङ, टल्कु, छैमले, चाल्नाखेल लगायतका स्थानबाट लालुपातेको फूल ल्याउन थालिएको फूल व्यापारी बताउँछन् । रासस ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us