पञ्चासेमा पर्यटक दोब्बर

काठमाण्डु टुडे २०७० मंसिर २२ गते १०:४६ मा प्रकाशित

panchaseपर्वत, २२ मंसिर– पर्वत, स्याङ्जा र कास्कीको सङ्गमस्थलका रुपमा रहेकोप् रशिद्ध पञ्चासे क्षेत्रमा आउने पर्यटकको सङ्ख्या दोब्बर भएको छ । पञ्चासेको सबैभन्दा अग्लो स्थानमा रहेको पञ्चासे क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य तथा क्याम्पिङ पर्यटकको सङ्ख्या बढेको छ ।

असोज, कात्तिक र मङ्सिर महिनामा पञ्चासेमा एक हजार पाँच सय न्दा बढी बाह्य पर्यटक भित्रिएको समितिका अध्यक्ष गोपाल गुरुङले बताए । दुई हजार ५ सय २७ मिटर उचाइमा रहेको पञ्चासे क्षेत्र पाँच हजार ७ सय ५७ हेक्टरमा फैलिएको पञ्चासेमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बाक्लिन थालेपछि स्थानीय युवा क्लब तथा आमा समूहले खाने बस्ने प्रवन्धसमेत मिलाएका छन् ।

मनोरम पहाडी दृश्यावलोकन, हिमशृङ्खलाको अवलोकन र स्थानीय संस्कृतिमा रम्न मनपराउने आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पञ्चासेमा पुग्ने गरेको समितिका महासचिव अर्जुन पौडेलले बताए । हल्यान्डबाट पञ्चासेमा पहिलो पटक आएका लेनार्ट वेललाई र उहाँसँगै घुम्न आएका मेल्जोन मासलाइ निकै रमाइलो लागेको र अन्य ठाउँको तुलनामा पञ्चासे भिन्न प्रकृतिको रहेकाले अबको भ्रमणका लागि पनि पञ्चासे नै रोज्ने प्रतिक्रिया दिए ।

स्थानीय ठाउँ चित्रेमा खान, बस्न र आराम गर्ने गरी घरमा होमस्टेसमेत सञ्चालन गरिएको छ । होमस्टेको व्यवस्था भएकाले पनि पर्यटकको आगमन बाक्लिएको होमस्टे सञ्चालक सुशीला गुरुङले बताइन् । कास्कीको भदौरे र घान्द्रुक हुँदै पर्यटहरु पैदल यात्रा गर्दै पञ्चासे आउने पर्यटकका लागि चित्रेमा १० घरमा सुविधासम्पन्न होमस्टेको व्यवस्था गरिएको छ ।

होमस्टेमा स्थानीय परिकारहरु ढिँडो, मकै, गुन्द्रुक, लोकल कुखुराको मासु खान पाइने हुनाले पनि पर्यटकहरु चित्रेमा वास बस्न मन पराउने गरेका छन् । हिमशृङ्खलाको अवलोकन सँगसँगै पञ्चासे क्षेत्रमा सिद्धबराह मन्दिर, ताललगायतका परम्परागत धार्मिकस्थलसमेत रहेका छन् । जङ्गलको बीचमा रहेको पञ्चासे तालमा कुनै पनि पतझर देख्न पाइँदैन । तालमा पात खसेमा चराचुरुङ्गीले फाल्ने र ताल सधैँ सफा रहने त्यहाँ पुगेका धर्मावलम्बीहरु बताउँछन् । पर्यटन प्रवद्र्धन र धार्मिक धर्मावलम्बी भित्र्याउने उद्देश्यले बालाचतुर्दशी मेलाको समेत आयोजना गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us